सदर चिडियाखाना राति पनि सञ्चालन गरौँ, महानगर लगानी गर्न तयार छ : प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालीन चिडियाखानाको रूपमा विकास गर्नको लागि महानगर लगानी गर्न तयार रहेको बताएका छन् । आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख महर्जनले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरू सबै पुरा गरिसकेको दाबी गरे । उनले सदर चिडियाखानालाई रात्रिकालीन रूपमा चलाउनको लागि सम्भव भए/नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गरे । उनले ललितपुर महानगरमा रात्रिकालीन क्रियाकलापहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालीन क्रियाकलापहरूको थालनी गर्नुपर्ने बताए ।
उनले भने, ‘विदेशतिर रात्रिकालीन चिडियाखाना हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरे । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकचोटि अध्ययन गरौँ न । अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ ।’
प्रमुख महर्जनले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
-
वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार
-
प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयोः वर्षमान
-
विपिन गुरुङ नेतृत्वको एनआरएनएद्वारा कोरियामा बुद्धको प्रचार, तस्बिरहरू