सम्झनामा राजेश खन्ना : कसैले तोड्न सकेन उनको कीर्तिमान !
मुम्बई । भारतीय सिनेमाका पहिलो सुपरस्टार राजेश खन्नाले आफ्नो समयमा देखेको स्टारडम कल्पना गर्न पनि गाह्रो छ । राजेश खन्नाको तीन वर्षमा लगातार १७ वटा फिल्म हिट भएका थिए । उनको यो कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
राजेश खन्ना यस्तो सुपरस्टार थिए जसका लागि युवतीहरू मरिहत्ते गर्थे । उनको तस्बिरसँग बिहे गर्थे । उनको कारको अगाडि आएर सुतिदिन्थे । उनको नाममा सिन्दूर लगाउँथे ।
उनको स्टारडम यस्तो थियो कि चलचित्र उद्योगका मानिसहरूले उनलाई भगवान् मान्न थालेका थिए । उनको बारेमा धेरै प्रचलित भनाइ छ– माथि आका, तल काका । भिखारीहरू पनि भगवान्को नामको सट्टा राजेश खन्नाको नाममा भिख माग्ने गर्दथे। २९ डिसेम्बर १९४२ मा पञ्जाबको अमृतसरमा जन्मिएका राजेश खन्नाको आज ८२ औँ जन्मजयन्ती हो ।
बलिउडमा प्रवेश
बलिउडमा राजेश खन्नाको प्रवेश प्रतिभा खोज प्रतियोगिताबाट भएको थियो। सन् १९६५ मा, युनाइटेड प्रोड्युसर र फिल्मफेयरले एक प्रतिभा खोज प्रतियोगिता आयोजना गरेका थिए, जसमा करिब दस हजार मानिसहरूले भाग लिए।
यस प्रतियोगितामा राजेश खन्ना प्रथम भए । यहीँबाट अमृतसरमा जन्मेका जतिन खन्ना राजेश खन्नाको रूपमा बलिउडमा पुगे । उनले १९६६ मा फिल्म 'आखरी खत' बाट आफ्नो बलिउड डेब्यू गरे, जुन १९६७ मा ओस्करको लागि भारतको पहिलो आधिकारिक प्रवेश गर्ने फिल्म बन्यो।
उद्योगमा काकाको नामले चर्चित भए
बलिउडमा सबैले राजेश खन्नालाई काका भनेर सम्बोधन गर्ने गर्दथे । एक अन्तर्वार्ताका क्रममा राजेश खन्नाले आफूले काका नाम कसरी पाए भन्ने खुलासा गरेका थिए । राजेश खन्नाका अनुसार पञ्जाबीमा सानो बच्चालाई काका भनिन्छ। उनका बुबाआमा र आफन्तले उनलाई ‘काका’ भन्ने गर्थे ।
स्कुल र कलेजका दिनमा पनि उनका साथीहरूले उनलाई काका भन्ने गर्थे । जब उनले बलिउडमा पाइला राखे तब उनका फिल्मी साथीहरूले पनि उनलाई त्यही नामले बोलाउन थाले । बिस्तारै यो नाम चर्चित हुँदै गयो र उनका फ्यानहरूले पनि उनलाई काका भन्न थाले ।
फिल्म उद्योगका भगवान्
राजेश खन्नाको स्टारडम यस्तो थियो कि फिल्म उद्योगले उनलाई भगवान् मान्न थाल्यो । उनको घरबाहिर निर्माताहरूको लाइन लाग्थ्यो । राजेश खन्नाको यस्तो माग थियो कि एकपटक उनलाई पायल्सको शल्यक्रियाका लागि अस्पताल भर्ना गर्नुपर्यो । निर्माताहरूले नजिकैको कोठा बुक गरे ताकि उनले आफ्नो फिल्मको कथा काकालाई सुनाउन सकून्।
भिखारीहरू राजेश खन्नाको नाममा भिख माग्थे
राजेश खन्नाको बारेमा अर्को कथा पनि चर्चित छ –भिखारी भगवान्को नाममा होइन राजेश खन्नाको नाममा भिख माग्ने गर्दथे । एक पटक राजेश खन्नाले एक भिखारीलाई यस्तो गरेको देखेका थिए ।
वास्तवमा, एक पटक उनको एउटा फिल्मको सुटिङ मुम्बईको विलेपार्लेको मिठीबाई कलेजमा भइरहेको थियो । त्यो बेला एउटा भिखारीले सुटिङ सेटबाहिर राजेश खन्नाको नाममा भिख मागिरहेका थिए ।
यो घटनापछि धेरै ठाउँमा भिखारीहरूले राजेश खन्नाको नाममा भिख माग्न थाले ।
राजेश खन्नाको कीर्तिमान जुन अहिलेसम्म तोडिएको छैन
राजेश खन्नाले १९६९-७२ को बिचमा लगातार १७ सुपरहिट फिल्म दिएर स्टारडम हासिल गरेका थिए। उनको चलचित्रको लोकप्रियता यसबाट पनि अनुमान लगाउन सकिन्छ कि उनको एउटा चलचित्र हेरेपछि मानिस अर्को चलचित्र हेर्न हलमा प्रवेश गर्ने गर्दथे ।
कुनै समय थियो जब सबै ठुला थिएटरमा राजेश खन्नाकै ५–६ फिल्म लागेका थिए ।
स्टारडम सम्हाल्न गाह्रो
राजेश खन्ना कुनै समय आफ्नो हिट फिल्मका कारण पाएको स्टारडमबाट चिन्तित थिए । उनले आफै केही फिल्म फ्लप होस् भनेर सोच्न थालेको बताइएको छ । पछि जब फिल्महरू फ्लप हुन थाले, तब उनी पुरै निराश भए । उनको जीवनको त्यो अवधि सबैभन्दा कठिन थियो।
लगातार फ्लप फिल्म
भनिन्छ, जब राजेश खन्नाका लगातार ७ फिल्म फ्लप भए, तब उनी स्तब्ध भएका थिए । फ्लप फिल्मको दुःख बिर्सन उनले रक्सी पिउन थाले ।
एक रात ठुलो पानी परिरहेको थियो। घरका सबैजना गहिरो निद्रामा थिए, अचानक राजेश खन्ना चर्को स्वरले रोएको आवाज सुनियो। राजेश खन्नालाई यस्तो अवस्थामा देखेर डिम्पल पनि निकै डराएकी थिइन् ।
आत्महत्याको बारेमा सोच्न थाले
यासिर उस्मानले आफ्नो पुस्तक ‘द अनटोल्ड स्टोरी अफ इन्डियाज फर्स्ट सुपरस्टार’ मा राजेश खन्नाको करियरको विघटनबाट पूर्णतया दुःखी भएको उल्लेख गरेका छन् । उनी यति डिप्रेसनमा परे कि आत्महत्या गर्ने सोच्न थालेका थिए ।
यासिर उस्मानका अनुसार राजेश खन्नाले आफूलाई समुद्रमा डुबेर मर्ने निर्णय गरेका थिए तर अन्तिम क्षणमा उनले आफ्नो निर्णय बदले । राजेश खन्ना यस्तो व्यक्ति थिए कि उनले सफलता र असफलता दुबैलाई नजिकबाट देखेका थिए।
उनले आफ्नो जीवनको हरेक पललाई पूर्ण रूपमा बाँचे । दुःखमा पनि बलियो भएर उभिएर सुख कहिल्यै मर्दैन भनेर प्रमाणित गरे।
जीवनको पाठ सिकाउने संवादहरू
राजेश खन्नाले प्रायः जीवन र सम्बन्धका बारेमा कुरा गर्ने फिल्महरूमा काम गरे। रोमान्स, एक्सन र इमोसनलाई पर्दामा उत्कृष्ट ढंगले प्रस्तुत गर्ने राजेश खन्नाले आफ्नो फिल्मी करियरमा धेरै अविस्मरणीय संवादहरू बोलेका छन् जसले जीवनको पाठ पनि दिन्छ। -दैनिक भास्करबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी एपमा नयाँ फिचर 'रातोपाटी पात्रो' अपडेट, के-के छन् विशेषता ?
-
ट्रयाक खुलेको अठार वर्षपछि सडक कालोपत्र गरिँदै
-
नयाँ वर्ष २०२५ को अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना
-
जनमत पार्टीले आज धोती दिवस मनाउने
-
सामुदायिक वनको आम्दानी स्वागत सत्कार र कर्मचारीकै खल्तीमा !
-
यात्रुवाहक बसले किच्दा प्रहरी निरीक्षक तुलाधरको मृत्यु