राजामौलीको फिल्मबाट बलिउडमा कमब्याक गर्दै प्रियंका
काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा लामो समयदेखि भारतीय सिनेमामा कमब्याकको प्रतीक्षामा छिन् । केही समय पहिले प्रियंका फरहान अख्तरको फिल्म जी ले जराबाट कमब्याक गर्ने तयारीमा थिइन् तर अहिले यो फिल्म अलपत्र परेको देखिन्छ । यसैबिच प्रियंकाले एसएस राजामौलीको आगामी तेलुगु फिल्म साइन गरेकी छिन् ।
यो फिल्म अफ्रिकी जङ्गल एडभेन्चरमा आधारित हुन लागेको हो, यद्यपि यसको शीर्षक भने तय भइसकेको छैन । फिल्ममा महेश बाबु अनुसन्धानकर्ताको भूमिकामा देखिनेछन् ।
पिंकभिल्लाको हालैको रिपोर्ट अनुसार बाहुबली र आरआरआरको सफलतापछि एसएस राजामौली एउटा एपिक फिल्म बनाउन लागेका छन् । निर्माण पक्षले फिल्मको स्क्रिप्ट तयार गरिसकेको छ । प्रियंका चोपडाले यो फिल्मको छायांकन अप्रिल २०२५ बाट सुरु गर्नेछिन् भने महेश बाबुसँगको फिल्म २०२६ मा सुटिङ हुनेछ ।
फिल्मको छायांकन भारतबाहेक अमेरिका र अफ्रिकाको जंगलमा पनि हुनेछ । यो फिल्म २०२७ मा रिलिज हुने तयारीमा छ ।
रिपोर्टका अनुसार, यो तेलुगु फिल्म प्यान इन्डिया फिल्म हुनेछ, जुन हिन्दी, तमिल, मलयालम र कन्नड भाषाहरूमा पनि रिलिज हुनेछ।
फिल्मका लागि एसएस राजामौली विश्वव्यापी रूपमा चिनिने अभिनेत्रीको खोजीमा थिए । पछिल्ला ५–६ महिनामा उनले प्रियंकालाई धेरै पटक भेटेर उनको नाम फाइनल गरे । यस फिल्मलाई विश्वव्यापी स्तरमा लैजान डिज्नी र सोनी पिक्चर्स जस्ता ठुला स्टुडियोसँग वार्ता भइरहेको छ ।
सन् २०२१ मा फरहान अख्तरले फिल्म जी ले जरा घोषणा गरेका थिए, जसमा प्रियंका चोपडा, आलिया भट्ट र कट्रिना कैफ मुख्य भूमिकामा देखिने बताइएको थियो। तर, अहिलेसम्म फिल्मको निर्माणसँग सम्बन्धित कुनै अपडेट सार्वजनिक भएको छैन । यसअघि, कट्रिना र प्रियंकाले फिल्म छाडेको खबर आएको थियो ।
प्रियंका चोपडाको बारेमा कुरा गर्दा, उनी पछिल्लो पटक भारतीय ठुलो पर्दाको फिल्म द स्काई इज पिंक (२०१९) मा देखिएकी थिइन्। यसपछि उनी नेटफ्लिक्स फिल्म द व्हाइट टाइगर (२०२१) मा देखिएकी छिन् ।
प्रियंकासँग धेरै हलिउड फिल्महरू छन्। उनी छिट्टै द ब्लफ र हेड अफ स्टेट्स जस्ता हलिउड फिल्ममा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाट निष्कासनमा परेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
-
बुटवलमा ‘करेन्ट पोइन्ट’, देशभर सञ्चालनमा ल्याइने
-
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
-
३२ वर्षे उमेरहदले अखिल क्रान्तिकारीमा लफडा, के भन्छन् नेताहरू ?
-
पन्चैबाजा संरक्षणमा आमा समूह
-
तीन हजार जनाको नरसंहारका आरोपीहरु मृत्युदण्डबाट उम्किन सक्ने