एनपीएल विजेता जनकपुर बोल्ट्सलाई गौरमा भव्य स्वागत
आइतबार, १४ पुस २०८१, १४ : ०२

रौतहट । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई रौतहटको सदरमुकाम गौरमा भव्य स्वागत गरिएको छ ।
हालै काठमाडौँमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई गौर नगरपालिकाका मेयर शम्भु साहलगायतका संघसंस्थाले भव्य स्वागत गरेका हुन् ।
मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी र खेलाडीलाई मधेस प्रदेशका आठै जिल्ला घुमाउने यसअघि नै घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश