चीनले किन देशभर विशेष बन्दी गृह बनायो ?

बेइजिङ । चीन सरकारले देशभरमा विशेष बन्दी गृह बनाएको छ । राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रष्टाचार विरोधी अभियान फराकिलो बनाएसँगै संदिग्धहरूलाई राख्न चीनले २०० भन्दा धेरै विशिष्ट बन्दी गृह बनाएको वा विस्तार गरेको आफ्नो अनुसन्धानका क्रममा फेला परेको सीएनएनले जनाएको ।
सिले पछिल्लो समय भ्रष्टाचार विरोधी अभियानलाई तन्काएर सत्तारुढ कम्युनिस्ट पार्टी बाहिरसम्म पुर्याएका छन् ।
सीले यो अभियानलाई आफ्ना विरोधी, सम्भावित प्रतिस्पर्धीमा मात्रै सीमित राखेका छैनन् । निजी क्षेत्रका उद्यमी र विद्यालय अनि अस्पतालका प्रशासकहरूसम्मै पुर्याएका छन् । यी बन्दी गृहमा संदिग्धहरूलाई तीनका वकिल वा परिवारका सदस्यहरूलाई समेत भेट्न नदिईकन ६ महिनाससम्म राखिएका छन् ।
दशकौँसम्म कम्युनिस्ट पार्टीको अनुशासन हेर्ने एकाइले भ्रष्टाचार वा अन्य दुराचारमा मुछिएका कार्यकर्ताहरू सोधपुछ गर्न गोप्य र गैरकानूनी थुनामा राख्दै आएको थियो ।
भ्रष्टाचारसम्बन्धी छानबिनमा परेका अधिकारीहरूलाई महिनौँसम्म बेपत्ता पारिन्थ्यो । सन् २०१८ मा व्यापक आलोचना सीले विवादास्पद ‘शुआन्गुई’ अभ्यास खारेज गरेका थिए । तर गोप्य तरिकाले थुनामा राख्ने चलन भने हटेन ।
तर नयाँ कानुन ल्याएर यसलाई झनै बलियो बनाए । यी थुना केन्द्रमा बन्दीको सुरक्षामा खासै सुधार नभएको आफ्नो नामक नखुलाउने सर्तमा प्रतिवादीका एक वकिलले बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि