बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय

एच–१बी भिसाको मुद्दामा ट्रम्पले दिए मस्कलाई साथ

आइतबार, १४ पुस २०८१, १३ : ०९
आइतबार, १४ पुस २०८१

वासिङ्टन डिसी । अमेरिकामा अध्यागमन नीतिबारे बहस चलिरहेको छ । यो बहसमा अब भने त्यहाँका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि छिरेका छन् । 

आफ्ना परम्परागत समर्थकहरूको सट्टामा ट्रम्पले खर्बपति व्यापारी एलन मस्क र विवेक रामास्वामीलाई समर्थन गरेका छन् । मस्कको कुरा दोहोर्‍याउँदै उनले उच्च तालिम प्राप्त कामदारलाई देशमा ल्याउन विशेष भिसा कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

 ‘मलाई एन–१बी भिसा पहिला देखि नै मन परेको छ र म सधैँ यसको पक्षमा छु । त्यसैले हामीले यसलाई कायम राखेका छौँ ।’ अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले भनेका छन् ।

के हो विवाद ?

पछिल्ला केही दिनयता अमेरिकामा एच–१बी भिसासम्बन्धी मुद्दामा घमासान बहस चलिरहेको छ । अनि रोचक कुरा के छ भने यो बहस मस्क र ट्रम्प समर्थकहरू बिच भइरहेको छ । 

 

ट्रम्पका समर्थकहरू आप्रवासन नीतिको विरुद्धमा छन् । आफ्नो सम्पूर्ण चुनावी अभियान ट्रम्पले यसै मुद्दामा केन्द्रित गरेका थिए । अमेरिका अवैध आप्रवासीलाई प्रवेश गर्नबाट रोक्ने र अमेरिकामा बस्दै आएका अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने वाचा पनि उनले गरेका थिए ।

यही कारणले ट्रम्पका परम्परागत समर्थकहरूले पनि एच–१बी भिसाको विरोध गरिरहेका छन् । तर मस्कले भने यो भिसा कार्यक्रमको समर्थन गर्दै आएका छन् ।

 ‘अमेरिकामा उच्च तालिमप्राप्त कामदार निकै थोरै छन् र आफ्नो प्रगतिलाई निरन्तरता दिन चाहना छ भने अमेरिकाले विदेशबाट दक्ष कामदार ल्याउनु निकै जरुरी छ,’ मस्कको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप