राजनीति
प्रचण्डले बोलाए पदाधिकारी बैठक
आइतबार, १४ पुस २०८१, १२ : ५२
![प्रचण्डले बोलाए पदाधिकारी बैठक](https://npcdn.ratopati.com/media/news/maoist-padadhikari_tn99OElyFL.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा अनौपचारिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जनकारी दिए । ढकालका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्नेछ ।
‘काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारीको बैठक बोलाइएको हो । समसामयिक राजनीतिक विषय, स्थायी समिति, केन्द्रीय समिति बैठकको तयारीका लागि बोलाइएको हो’, रातोपाटीसँग उनले भने ।
यसअघि मङ्सिर २८ गते बसेको स्थायी समिति बैठकले पुस १८देखि २० गतेसम्म स्थायी समिति र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार कृषि ऐन जारी गर्ने तयारीमा छ : मन्त्री अधिकारी
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)