प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी गराउन बाँडियो २–२ लिटर पेट्रोल

पर्सा । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सा आउँदै छन् । एमाले पार्टी कार्यालय पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आउन लागेका हुन् ।
आइतबार मध्यान्ह साढे १२ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली आउन लागेको जनाइएको छ । कार्यक्रममा गाउँपालिकाका पूर्वमेयर प्रदीप जैसवाललाई पार्टी प्रवेश गराउन ओली आउन लागेको एमाले पार्टी पर्साले जनाएको छ ।
यही कार्यक्रममा ठुलो सहभागिता देखाउनको लागि गाउँगाउँमा तेलको कुपन बाँडिएको कार्यक्रममा सहभागी हुन लागेको एक एमाले कार्यकर्ताले बताए । प्रत्येक पालिकामा यसरी कुपन बाँडिएको छ ।
सखुवा प्रसौनी गाउँपालिकामा प्रधानमन्त्री ओलीको करिब चार घण्टा रहने कार्यक्रम तय छ ।नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ५ हजार कार्यकर्ता प्रवेशको कार्यक्रम रहेको बताए ।
तर प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले आफूहरूले कुनै किसिमको तेलको कुपन नबाँडेको बताए । उनका अनुसार गाउँ गाउँबाट कार्यकर्ताहरू आफ्नै खर्चमा कार्यक्रममा सहभागी हुन आइरहेका छन् । मन्त्री जैसवालका भाइलाई एमालेमा प्रवेश गराउन प्रधानमन्त्री ओली पर्सा आउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म