पोखरामा सुरु भयो ड्रागन बोट रेस
आइतबार, १४ पुस २०८१, ११ : ५१

पोखरा । पोखरामा ड्रागन बोट रेस सुरु भएको छ । खेलकुद मन्त्री तेजुलाल चौधरीले आइतबार ड्रागन बोट रेसको उद्घाटन गरेका हुन् । सो प्रतियोगितामा चीन र नेपालका खेलाडी सहभागी छन् ।
प्रतियोगितामा २०० र ५०० मिटर दौडमा २०–२० टोली सहभागी भएका छन् । दुबैतर्फ प्रथम हुनेले ५००० अमेरिकी डलर, दोस्रो हुनेले २००० अमेरिकी डलर, तेस्रोले १२०० अमेरिकी डलर पुरस्कार पाउने छन् ।
प्रतियोगिता सोमबारसम्म चल्नेछ । सो प्रतियोगिता नेपाल सरकार, पर्यटन बोर्ड, पोखरा महानगर, प्रदेश सरकार र चिनियाँ एम्बेसीले संयुक्त रूपमा आयोजना गरेको हो । प्रतियोगितामा नेपालका ११, एउटा सिंगापुर र बाँकी चीनका टिम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी
-
बार निर्वाचनमा मिश्र प्यानलको २५ वटै पदमा अग्रता
-
आयल निगमको विज्ञ सञ्चालक सदस्य पदमा आवेदन खुला
-
चुनौतीका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : रवि सिंह
-
तीनकुने घटनाको अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक आयोग गठन