मङ्गलबार, १६ पुस २०८१
ताजा लोकप्रिय

वार्षिक १५ अर्ब च्याउको कारोबार

आइतबार, १४ पुस २०८१, १० : ५८
आइतबार, १४ पुस २०८१

काठमाडौँ । नेपालभरको च्याउको कारोबार वार्षिक करिब १५ अर्बको हाराहारीमा रहेको छ । च्याउ उत्पादक किसान सङ्घले विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्ब रहेको जनाएको हो ।

च्याउ खेतीमा करिब ३५ हजार कृषक संलग्न रहेको सङ्घको दाबी छ । नेपालमा बीउ च्याउ उत्पादन गर्ने  ६७ वटा रहेको छन् ।

सङ्घका अनुसार च्याउ उपभोग गर्ने मानिसको सङ्ख्या वृद्धि हुँदै गएकाले यसको व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्या पनि दिनानुदिन वृद्धि हुँदै गइहरेको सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताए । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रूपमा च्याउ उत्पादन गर्ने किसान छन् ।

च्याउ पोसिलो र स्वास्थ्यवद्र्धक खाद्य वस्तु हो । यसको माग विश्व बजारमा अत्यधिक रहेको पाइन्छ । नेपालबाट आल ग्रोभ्रे, कन्ये। सिताके, दुधे र राजा च्याउको व्यावसायिक रूपमा खेती गरिँदै आएको छ । नेपालमा विभिन्न प्रजातिका च्याउन पाइए पनि अध्ययन हुन नसकेको उनको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप