उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट
![उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट](https://npcdn.ratopati.com/media/news/hetauda-cement_rUcVSFDMJG.jpg)
हेटौँडा । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।
उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।
उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । “हामीसँगै कच्चा पदार्थको अभाव छैन”, अध्यक्ष भण्डारीले भने, “उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ,”, उनले भने ।
आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोज्दै समिति
-
धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
-
प्रचण्डलाई लेखनाथ न्यौपानेको जवाफ–टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन
-
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र
-
केबलकारको नाममा किन भयो अशान्ति ?
-
‘कि हामीलाई सिद्ध्याउनु पर्छ, कि केबलकार निर्माण रोक्नुपर्छ’