तीव्र गतिका बलर जसप्रित बुमराहले बनाए कीर्तिमान : ८४८४ बलमा ‘दोहोरो शतक’ !

काठमाडौँ । बोर्डर–गावस्कर शृङ्खला अन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट क्रिकेटमा भारतीय टोलीका तीव्र गतिका बलर जसप्रित बुमराहले विकेटको मामिलामा दोहोरो शतकको कोशेढुंगा पार गरेका छन् । मेलबर्नमा जारी चौथो टेस्टको चौथो दिन आइतबार बुमराहले दुई सय विकेटको कोशेढुंगा गरेका हुन् ।
३१ वर्षीय बुमराहले अस्ट्रेलियन ब्याट्सम्यान ट्राभिस हेडको विकेट लिँदै टेस्ट क्रिकेटमा दुई सय विकेट पुरा गरे । संयोगले आइतबार अस्ट्रेलियाका प्रभावशाली ब्याट्सम्यान ट्राभिस हेडको जन्म दिन पनि परेको थियो ।
सन् २०१८ को जनवरीमा टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका बुमराहले ‘बक्सिङ डे’ टेस्टमा पनि आक्रामक बलिङ गरे । चौथो दिनको खेल जारी रहँदासम्म उनले आठ विकेट लिइसकेका छन् । उनले पहिलो पालीमा चार र दोस्रो पालीमा चार विकेट लिएका हुन् ।
कुनै समय दबाबमा देखिएको भ्रमणकारी टोली भारत दोस्रो पालीमा बुमराहको उत्कृष्ट बलिङपछि जिततर्फ अग्रसर देखिएको छ । आफ्नो जीवनको ४४औँ टेस्ट खेलिरहेका बुमराहले कुल आठ हजार चार सय ८४ बलमा दुई सय विकेटको कोशेढुंगा पार गरेका हुन् ।
बुमराह टेस्ट क्रिकेटमा सबैभन्दा कम बलमा दुई सय विकेट लिने पहिलो भारतीय बलर पनि बनेका छन् । विश्व टेस्ट क्रिकेटमा भने सबैभन्दा कम बलमा दुई सय विकेटको कोशेढुंगा पार गर्ने खेलाडी पाकिस्तानका वकार युनिस हुन् ।
पाकिस्तानका तीव्र गतिका पूर्वबलर वकार युनिसले कुल सात हजार सात सय २५ बलमा दुई विकेट लिएका थिए । यो सूचिमा बुमराह चौथो स्थानमा छन् । दक्षिण अफ्रिकाका डेल स्टेन दोस्रो स्थानमा आसीन छन् । उनले कुल सात हजार आठ सय ४८ बलमा दुई सय टेस्ट विकेट पुरा गरेका थिए ।
यसैगरी, दक्षिण अफ्रिकाकै कागिसो राबडा तेस्रो स्थानमा आसीन छन् । राबडाले कुल आठ हजार एक सय ५३ बलमा दुई सय टेस्ट विकेट पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन