मार्सल लको समयमा यून सुकले सेनालाई दिएका थिए गोली हान्ने आदेश

सोल । दक्षिण कोरियामा मार्सल ल लगाएपछि निलम्बित भएका राष्ट्रपति युन सुक येओलले आवश्यक परेमा सेनालाई गोली चलाउने आदेश दिएको खुलासा भएको छ ।
अभिआयोजकहरूको प्रतिवेदनमा यो खुलासा भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । पूर्व रक्षामन्त्री किम योङ ह्युनविरुद्ध दायर गरिएको १० पृष्ठ लामो अभियोजन प्रतिवेदनमा निलम्बित राष्ट्रपतिले संसदमा प्रवेश गर्दा आवश्यक परेमा सेनालाई गोली चलाउने आदेश दिएको उल्लेख गरिएको छ ।
येओलले सेनालाई ढोका फ्टाउन र गोली हानेरै भएपनि सांसदहरूलाई बाहिर निकाल्न आदेश दिएको अभियोग पत्रमा भनिएको छ ।
डिसेम्बर ३ मा युनले आवश्यक परे मार्सल ल लगाइने भनेर तीन पटक बताएको पनि प्रतिवेदनमा भनिएको छ । मार्सल ल लगाएको अनि देशमा राजनीतिक सङ्कट उत्पन्न गराएको भन्दै यस महिनाको सुरुमा दक्षिण कोरियाको राष्ट्रिय सभाले येओललाई राष्ट्रपतिबाट हटाएको थियो ।
मार्सल ल लगाएको मामिलामा अहिले छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त