इजरायलले जबरजस्ती खाली गरायो गाजाको अन्तिम प्रमुख अस्पताल
_rE8970cvIm.png)
गाजा । इजरायली रक्षा बल (आईडीएफ)ले उत्तरी गाजाको बेत लाहियामा बाँकी रहेको अन्तिम प्रमुख अस्पताललाई जबरजस्ती खाली गरेको छ ।
इजरायली सेनाले मेडिकल स्टाफलाई हिरासतमा लिएर सोधपुछ गरेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । आईडीएफले सोधपुछका लागि लगेका व्यक्तिहरूमा कमल अडवान अस्पतालका निर्देशक डा. हुसम अबु सफिया, पनि छन् । डा. हुसम चरमपन्थी समूह हमासको अपरेटर भएको इजरायली सेनाले दाबी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार अस्पताल नजिकै इजरायली हमलामा करिब ५० जनाको मृत्यु भएको थियो । यसमा स्वास्थ्यकर्मी पनि परेका छन् । अस्पताल हमास चरमपन्थीहरूको गढ भएकोले त्यहाँ कारबाही गरिएको इजरायली सेनाले बताएको छ । उक्त अस्पतालमा उपचाररत् १५ गम्भीर बिरामीको साथै ५० जना हेरचाहकर्ता र २० जना स्वास्थ्यकर्मीलाई नजिकै रहेको इन्डोनेसियाली अस्पतालमा सारिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको समर्थनमा निकालेको विज्ञप्तिबाट ‘ब्याक’ हुँदै ‘प्रबुद्ध’हरू
-
छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्