टिकटकमाथिको प्रतिबन्धमा ढिलाइ गर्न ट्रम्पले गरे सर्वोच्च अदालतलाई आग्रह
आइतबार, १४ पुस २०८१, ०९ : ४२

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्धमा ढिलाइ गर्न अमेरिकी सर्वोच्च अदालतलाई अनुरोध गरेका छन् ।
ट्रम्पका वकिलले शुक्रबार अदालतमा कानुनी याचिका दायर गरेका थिए । जसमा ट्रम्पले टिकटकमाथिको प्रतिबन्धको विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट यो समस्या समाधान गर्न चाहेको बताइएको छ ।
यस मुद्दामा जनवरी १० मा अदालतमा सुनुवाइ हुनेछ । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बाइटडान्सले अमेरिकामा टिकटक व्यवसाय बेच्नु होइन भने जनवरी १९ देखि प्रतिबन्धको सामना गर्नुपर्ने स्थिति छ ।
बाइडेन सरकारको यो आदेशको विरुद्धमा टिकटक अदालतमा गएको छ । बाइटडान्स चिनियाँ सरकारसँग जोडिएको दाबी अमेरिकी अधिकारी र सांसदहरूको छ । तर कम्पनीले यो दाबीलाई अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता