दक्षिण कोरिया विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ६२ पुग्यो
सोल । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मर्नेको संख्या कम्तीमा ६२ पुगेको छ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा ३७ जना पुरुष र २५ जना महिला भएको बताइएको छ । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए ।
दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा ६२जनाको मृत्यु भएको छ । जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहँदा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।
अहिलेसम्म दुई जना जीवितै फेला परेको र उनीहरूलाई उद्धार गरिएको दमकल विभागका अधिकारीहरूले बताएको भन्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले समाचार छापेको छ । यी दुई मध्ये एक जना यात्रु र एक जना चालक दलका सदस्य भएको बताइएको छ ।
उद्धार कार्य अझै जारी भएको बताइएको छ । विमानको पछाडिको भागबाट यात्रुलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरुले बताएका छन् ।
समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका यात्रु थिए । अवतरणको क्रममा विमान चिप्लिएर पर्खालमा ठोक्किएको दूघर्टनासँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको अपूष्ट भिडियोले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियाली नयाँ विदेशमन्त्री शिवानीको पहिलो विदेश भ्रमण साउदी अरेबिया
-
युद्धरत रुस र युक्रेनबीच सयौँ युद्धबन्दीहरु आदानप्रदान
-
फाल्गुनन्द गोल्डकपः सर्वोत्कृष्ट खेलाडी समीरले पाए विद्युतीय स्कुटर
-
१२ बजे, १२ समाचार : फरक धारमा भीम रावल र वामदेवको नयाँ यात्रादेखि रविको रास्वपामा दलको नेताका लागि लुछाचुँडीसम्म
-
अखिल क्रान्तिकारीको उमेर हदले नयाँ तरंग ल्यायो : शर्मा
-
पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध