स्ववियु निर्वाचन आफ्नो पक्षमा पार्न विद्यार्थी सङ्गठनहरूको दौडधुप
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति तोकेसँगै विद्यार्थी सङ्गठनहरूले तयारी थालेका छन् । तोकिएको मितिमै स्ववियु निर्वाचन सम्पन्न गराउनुका साथै निर्वाचन आफ्नो पक्षमा पार्नेगरी विद्यार्थी सङ्गठनहरूले तयारी थालेका हुन् ।
नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) आफ्नो १२ औं महाधिवेशनको तयारीमा छ । महाधिवेशन सँगसँगै स्ववियु निर्वाचनको लागि समेत तयारी थालेको छ ।
नेविसंघले अहिले राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव सङ्कलन अभियान थालेको छ । पुस ७ गतेदेखि राष्ट्रव्यापी रूपमा नै सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान थालेको हो ।
नेविसंघ प्रवक्ता सुरज सेजुवालले महाधिवेशनसँगै स्ववियु निर्वाचनको तयारी भइरहेको बताए । देशव्यापी रूपमा नै नेविसंघले स्ववियु निर्वाचनको तयारी थालेको बताए । सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियानकै क्रममा स्ववियु निर्वाचनका लागि समेत आवश्यक सुझाव तथा सङ्कलनको कार्य हुने बताए ।
निर्वाचन हुने सबै क्याम्पसमा प्रतिनिधि खटाउने काम भइसकेको प्रवक्ता सेजुवालले बताए । सबै क्याम्पसमा सङ्गठन विस्तारका साथै स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिएको बताए ।
नेविसंघले लामो समयपछि महाधिवेशनको तयारी गरेको छ । तर, सङ्गठनभित्र देखिएका गुट उपगुटका कारण महाधिवेशन हुने नहुने यकिन छैन । तरपनि नेता तथा कार्यकर्ताहरू तयारीमा जुटेका छन् ।
त्यस्तै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले समेत स्ववियु निर्वाचनको तयारी थालेको छ । अनेरास्ववियुले त्यसका लागि विभिन्न कमिटीहरू गठन गरेको छ । विगतको तुलनामा यो पटक बढी क्षेत्रमा स्ववियु निर्वाचन जित्ने योजनासहित आफूहरू रणनीतिक योजनामा अघि बढेको अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले बताए ।
अनेरास्ववियुले मिसन स्ववियु निर्वाचन अघि बढाएको छ । ‘हातमा कलम र तारा हुनेछ, विद्यार्थीहरूको मन मनमा अनेरास्ववियु हुनेछ’ भन्दै अनेरास्ववियुले मिसन स्ववियु निर्वाचन अघि बढाएको हो ।
त्रिवि नियम अनुसार प्रत्येक दुई/दुई वर्षमा हुनुपर्छ । तर, २०६५ सालदेखि नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो ।
अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पार्न उपाध्यक्ष गोविन्द गिरीको संयोजकत्वमा स्ववियु घोषणापत्र तयारी कमिटी गठन गरेको छ । अनेरास्ववियुले पुस २५ र २६ गते अनेरास्ववियुका जिल्ला अध्यक्ष भेला र आगामी माघ ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष पञ्चा सिंहले क्याम्पस कमिटीलाई स्ववियु निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेको बताइन् । सङ्गठन महाधिवेशनमा रहेको स्ववियु निर्वाचनका लागि प्रयाप्त तयारी गर्न नपाएको बताइन् । महाधिवेशन सकिए लगत्तै नयाँ नेतृत्वको एक सूत्रीय माग स्ववियु निर्वाचन हुने बताइन । स्ववियु निर्वाचन समयमा नै हुने र त्यसको आफूहरू तयार रहेको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयले समेत स्ववियु निर्वाचनको तयारी थालेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचनका लागि आवश्यक गृहकार्य अघि बढेको बताए । विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए । त्रिविले शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताए ।
त्रिवि नियम अनुसार प्रत्येक दुई/दुई वर्षमा हुनुपर्छ । तर, २०६५ सालदेखि नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला नौ वटा आङ्गिक क्याम्पस निर्वाचन हुन सकेको थिएन । त्रिविले आगामी फागुन १५ गते त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन गर्नेगरी तयारी थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रावल र भुसाललाई विष्णु रिमालको चुनौती : ह्याउ भए आफ्नो घर बनाएर देखाऊ !
-
दलभित्र फरक मत राख्नेमाथि अनुशासनको डण्डा, को–को भए सिकार ?
-
परराष्ट्रमन्त्री राणासँग भेटघाट कार्यक्रम राखेपछि राम माधवलाई सोधियो स्पष्टीकरण
-
नेतृत्व चयनका लागि हुने अखिल क्रान्तिकारीको निर्वाचन सर्यो
-
प्रचण्डको अगाडि नेताहरूले पोखे गुनासो
-
‘हुलाकी सडकले तराई–मधेशका जनतालाई सहज’