कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग । वि.सं. २०८१ साल पौष १४ गते । आइतबार । इस्वी सन् २०२४ डिसेम्बर २९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष कृष्णपक्ष । तिथि–चतुर्दशी, ५२ घडी १७ पला, रातको ३ बजेर ५० मिनेट उप्रान्त औशी ।
नक्षत्र–ज्येष्ठा, ४२ घडी १ पला, बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त मूल । योग–गंड, ३९ घडी ७ पला, बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त वृद्धि । करण–भद्रा, दिउसो ३ बजेर २८ मिनेट उप्रान्त शकुनी, रातको ३ बजेर ५० मिनेट उप्रान्त चतुष्पद ।
आनन्दादिमा–काण योग । चन्द्रराशि–वृश्चिक, बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त धनु । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १६ मिनेट । दिनमान २५ घडी ५२ पला ।
आजको बार बेला ।
बिहान ०६ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर १३ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १४ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ४८ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ४९ मिनेटदेखि बिहान १२ बजेर ६ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर ७ मिनेटदेखि दिउसो १ बजेर २४ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर २५ मिनेटदेखि दिउसो २ बजेर ४१ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ४२ मिनेटदेखि दिउसो ३ बजेर ५९ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ० मिनेटदेखि बेलुकी ६ बजेर ५९ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो ३ बजेर ५८ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर १९ मिनेटदेखि बिहान ६ बजेर ७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ । लगानी गर्नको लागी पर्ख र हेरको रणनीति अपनाउनु होला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट लाभ लिन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ । लामो समयदेखि झेल्दै आएको आर्थिक समस्या हल भएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अन्य क्षेत्रमा व्यस्त हुँदा पढाइ लेखाइमा तपाईंको नाम अरूभन्दा पछि आउनेछ । प्रेममा अविश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईंको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पत्ति तथा बिलासी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहँदा नचाहँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । व्यवसायमा लगानी गरेपनि प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ । आर्थिक क्षेत्र तथा शेयर बजारमा अध्ययन गरेर मात्र लगानी गर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । तर पनि आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङ्कन हुने ग्रहयोग रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । वित्तीय क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रिय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । पुँजी बजार तथा नोकरीबाट लाभ लिन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमीको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्त हरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइँदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ । तर पनि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ, प्राकृतिक स्रोत तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) इच्छाशक्ति बढ्नुका साथै समय उत्साहजनक रहनेछ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। लामो दुरीको साङ्गीतिक वा कर्म प्राप्तिको योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि धार्मिक सामाग्री, खाद्यान्न र औषधिजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेका पूर्वमन्त्री सोल्हाइमले गरे पूर्वाधार विकास समितिमा सम्बोधन
-
टाइगर कप भलिबल : न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइनलमा प्रवेश
-
अध्यक्ष डीसी र अमेरिकी दूतावास नेपाल भिसा प्रमुखबिच भेटवार्ता
-
३० हजार वटा काँटी प्रयोग गरेर कला, तस्बिरहरू
-
पूर्व अर्थसचिव खनालको प्रश्न : सहकारीको एकभन्दा बढी कार्य क्षेत्र हुने प्रावधान किन राखियो ?
-
मौसम बदलिएसँगै स्वास्थ्यमा आउने समस्यासँग कसरी जोगिने ? (भिडियोसहित)