एटलान्टाको शीर्षता कायमै, लाजियोले खोस्यो अंक
आइतबार, १४ पुस २०८१, ०३ : ४२
![एटलान्टाको शीर्षता कायमै, लाजियोले खोस्यो अंक](https://npcdn.ratopati.com/media/news/atalanta_Kkh4OjYCfm.jpg)
काठमाडौं । इटालियन सिरी’ए फुटबलमा एटलान्टाले शीर्षता कायमै राखेको छ । शनिबार राती भएको खेलमा लाजियोले बराबरीमा रोके पनि झिनो अंकले एटलान्टाले शीर्षता कायम गरेको हो ।
अंक तालिकाको चौथो स्थानमा रहेको लाजियोले १-१ को बराबरी खेल्दै शीर्ष टोलीसँग एक अंक खोसेको छ । शनिबार रातीको खेलमा सुरुवाती अग्रता लाजियोले लिए पनि दोस्रो हाफपछि एटलान्टा आक्रामक बन्यो ।
उसका लागि मार्को ब्रेसियानीनीले गोल गरे । लाजियोका फिसायो डेले बशिरुले गोलको सुरुवात गरेका थिए । यो सँगै १८ खेलबाट एटलान्टाको ४१ अंक भएको छ भने एक खेल कम खेलेको इन्टरको ४० अंक छ । यस्तै, तेस्रो स्थानको नापोलीको ३८ अंक छ ।