असदको अवशेषसमेत मेटाउन सिरियामा व्यापक सुरक्षा कारबाही

काठमाडौं । सिरियाली नयाँ प्रशासनले पूर्व राष्ट्रपति बसर अल असद शासनका अवशेष समेत बाँकी नराख्ने भन्दै सुरक्षा कारबाही सुरु गरेको छ । प्रशासनले मुलुकका थुप्रै ठाउँमा कारबाही चलाएको सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ ।
उत्तर पश्चिमी तटको लताकिया शहरमा शनिबार मात्रै ठूलो संख्यामा सफाई अभियान चलेको बताइन्छ । अल असदलाई समर्थन रहेको अलावाइट समुदायमा समेत यो अभियान पुगेको छ । असदको मिलिसियासँग जोडिएको उपस्थितिबारे बाहिर आएको रिपोर्टको जवाफमा कारबाही गरिएको सिरियाली अधिकारीहरुले बताएका छन् ।
नयाँ प्रशासनले असदको झल्को आएको भन्दै अलावाइट समुदायलाई निशाना बनाएको समाचार सर्बत्र आएका छन् । असदका भाई माहेर अल असद समेत एक शक्तिशाली पूर्व सन्य कमाण्डर रहेका कारण पनि नयाँ प्रशासन शसंकित रहेको बताइएको छ । सिरियाली नयाँ प्रशासनले हतियार सुम्पिन समेत अल्टिमेटम जारी गरेको र अपरशेन होम्स, अलेप्पो र दमास्कशको बाहिरी क्षेत्रसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा