इन्टर मिलानको जित यात्रा कायमै
आइतबार, १४ पुस २०८१, ०२ : ४८

काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानले जित यात्रा कायम राखेको छ । शनिबार राती भएको खेलमा इन्टरले कालियरीविरुद्ध ३-० को जित निकाल्यो । इन्टरलाई जिताउन एलेसान्द्रो बस्तोनी, लुटारो मार्टिनेज र हकान काल्हानुग्लुले एक-एक गोल गरे ।
जितसँगै इन्टरको १७ खेलबाट ४० अंक भएको छ भने पुनः शीर्ष स्थानमा फर्किएको एटलान्टाको ४१ अंक भएको छ । तेस्रो स्थानमा रहेको नापोलीको ३८ अंक छ ।