१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीलाई एमालेको अध्यक्ष पद छोड्न सुझावदेखि लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति विप्लवको आपत्तिसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. दीक्षान्त समारोह
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइएको बताए ।
२. सहकारी ठगी प्रकरण
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा रवि लामिछानेले बिहीबार र शुक्रबार गरेर २६ भन्दाबढी प्रश्नको सामना गरे । बयानका क्रममा उनले गोर्खा मिडियाको आर्थिक हिसाबकिताबको पूर्ण जिम्मेवार जीवी राई रहेको भन्दै अधिकांश असजिला प्रश्न जीबीतिरै पन्छाएका बुझिएको छ ।
३. श्याम बेनेगल
सन् १९७६ मा श्याम बेनेगलको फिल्म मन्थन रिलिज भएको थियो, जुन मूलतः सहकारी आन्दोलन र किसानको कथा थियो । फिल्मको प्रारम्भिक भागमा एउटा दृश्य छ जहाँ एक डाक्टर राव ९गिरीश कर्नाड० गाउँमा घर(घर गएर दूध परीक्षण गर्छन्। ती मध्ये एक गाउँकी दलित महिला विन्दु ९स्मिता पाटिल० को घर हो।
४. कपालमा चाया
गर्मीयामको तुलनामा जाडोयाममा कपालमा चायाको समस्या बढी देखिन्छ । यसो हुनुमा मौसम सुख्खा हुनु मुख्य कारण रहेको चिकित्सक बताउँछन् । जाडोयाममा हावामा आर्द्रता कम हुने तथा हिटर, गिजर, एसी, आगो लगायत प्रयोग गर्दा शरीरमा सुख्खापन बढ्छ । जाडोयाममा शरीरको जुन भाग वातावरणबाट बढी प्रभावित हुन्छ ती भाग बढी सुख्खा हुने गर्दछ । यसमा कुहिनाभन्दा तलाको भाग र घाँटीभन्दा माथिको भाग– जस्तै अनुहार र कपाल पर्दछ ।
५. अन्तर्वार्ता
एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाटै मुक्त गर्ने निर्णय गरेपछि पक्ष–विपक्षमा मत जाहेर भइरहेको छ । दुवै पक्षबाट आआफ्ना तर्कहरू आइरहेका छन् । एमालेको यस कदमले राजनीतिक वृत्तमा एकप्रकार तरङ्ग नै ल्याइदिएको छ । यो पार्टीले आफ्ना स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना जिम्मेवारीबाट मुक्त पनि गरेको छ । यीसहित समसामयिक राजनीतिक अवस्थाका विषयमा रातोपाटीकर्मी रोहित दाहालले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग कुराकानी गरेका छन् ।
६. घनश्यामको सुझाव
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहौल शान्त हुने बताएका हुन् ।
७. विप्लवको आपत्ति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चीन र भारतका अधिकारीहरूबिच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ । शनिवार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सो सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
८. मधेसवादी दल
जनता समाजवादी पार्टी नेपालले पहिचान पक्षधरसँग सहकार्य तथा एकताका लागि छलफल सुरु गरेको छ । त्यसका लागि सो पार्टीले पार्टीका उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अन्तर पार्टी समन्वय समिति नै गठन गरेको छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी विभिन्न पार्टीसँग सहकार्यका लागि दौडधुपमा लागेका छन् । उनले तराई मधेसका विभिन्न दलका अध्यक्षहरूलाई भेटेर सहकार्य तथा मोर्चाबन्दीका लाग आग्रह गरिरहेका छन् ।
९. घुमघाम
जाडो मौसम लागे सँगै तनहुँको व्यास नगरपालिका(५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ।
११. लगनमा पहिलोपटक बिजुली पुग्यो
बैतडीको सिगास गाउँपालिका-३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा यहाँ बिजुली पुगेको हो । लामो पर्खाइपछि बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दा खुसी रहेका भएका छन् ।
१२. ३२ वर्षे उमेर हद
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मा ३२ वर्षे हदम्याद तोक्ने पक्षमा गण्डकी प्रदेशबाट बहुमत जुटेको छ । गण्डकीका ११ जिल्ला, गण्डकी विश्वविद्यालय, पोखरा विश्वविद्यालय र प्राविधिक क्याम्पसमा भएको निर्वाचनबाट बहुमतले पक्षमा मतदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सुधारको माग राख्दै १५ दिनदेखि सडकमा उभिए नेत्र चापागाईं
-
विद्युतीय कारोबारमा भ्याटः सर्वोच्चले साथ नदिँदा सरोकारवाला निराश
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : आइतबार ३ जनाको बयान सकियो
-
पुस १७ मा धोती दिवस मनाउन जनमतले गर्यो परिपत्र
-
संघीय शिक्षा ऐन नबन्दा शिक्षा क्षेत्रमा अन्योल भयो : मुख्यमन्त्री कार्की
-
हात्ती प्रभावित बाहुनडाँगीमा ‘तरुल उत्सव’