काठमाडौँ महानगर : फोहोर वर्गीकरणको योजना कार्यन्वयनमा
![काठमाडौँ महानगर : फोहोर वर्गीकरणको योजना कार्यन्वयनमा](https://npcdn.ratopati.com/media/news/kathmandu-fohor_jD0UGIZqPU.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहोरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ । यस अवधिमा विभागले वडा नं ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहोरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याइएको हो ।
कामपाले यो योजना ल्याएको लामो समय भए पनि पूर्णअभ्यास गरी प्रभावकारी कार्यान्वयनमा अहिले ल्याइएको कामपाका वातावरण विभागकी प्रमुख सरिता राईले जनाकारी दिइन् । चालु आवमा सबै वडामा उक्त अध्यास कार्यन्वयनमा ल्याइने छ भन्दै वर्गीकरण गरी सङ्कलन गरिएको फोहोरमात्र अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा लागिने उनले उल्लेख गरिन् ।
रानीपोखरी, कमलपोखरी, हिटिपोखरी, गहनापोखरी, नागपोखरीलगायत विभिन्न १० वटा पोखरीको नियमित सफाइ गरेर त्यहाँबाट उत्पादन भएको फोहर त्यसै ठाउँमा जैविक मल बनाउने काममा पनि विभागको अग्रसरता रहेको छ ।
रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहोरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन् ।
नियमित र आकस्मिक नदी सफाइ कार्यक्रमअन्तर्गत महानगरपालिका भएर बग्ने आठवटा नदी र नदी किनाराको सफाइका लागि गत कात्तिकदेखि एक सय २० जना सरसफाइकर्मी परिचालन गरिएको भन्दै उनीहरूले दैनिक २० देखि २५ मेट्रिक टन फोहोर सङ्कलन गरिरहेका उनले जानकारी दिइन् ।
सहरको भूगोललाई ६ वटा क्षेत्रमा बाँडेर क्षेत्रगत रूपमा फोहोरमैला सङ्कलन र ढुवानीका लागि सार्वजनिक खरिद प्रक्रियाबाट बोलपत्रदाता आह्वान गरिएको छ । “अहिले यसको मूल्याङ्कन भइरहेको छ”, राईले भनिन् ।
चालु आर्थिक वर्षका लागि वातावरण व्यवस्थापन विभागलाई रु ६९ करोड ९३ लाख बजेट परेको छ । विभागका प्रमुख राईका अनुसार यसअन्तर्गत नियमित कार्यक्रममा ११ दशमलव २१, क्रमागततर्फ ११ दशमलव ७२ र स्वर्णिम योजनामा शून्य दशमलव ६३ प्रतिशत खर्च भएको छ ।
साथै कामपाले सहरलाई थप सफा राख्न खुला रूपमा फोहोरमैला बाल्न निषेध गरेको छ । कसैले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही गर्ने बारे कामपाले सूचनामा जारी गरिसकेको छ ।
कामपा क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहरमैला तथा अन्य फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने र जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको कामपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रालयमा आगलागीबाट जलेका सामानहरू निकालिँदै (तस्बिरहरू)
-
वर्षायाममा यातायात अवरुद्ध हुन नदिने गरी बीपी राजमार्गको काम सुरु गर्न मन्त्री दाहालको निर्देशन
-
नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम हो : गृहमन्त्री लेखक
-
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
-
पुस्तक, कुकुर र राजा
-
अन्तिम शनिबार सालीनदी मेलामा थेगिनसक्नुको भीड, कमाउन बस्नेहरू मालामाल (तस्बिरहरू)