अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद तोक्न गण्डकीबाट बहुमत

पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मा ३२ वर्षे हदम्याद तोक्ने पक्षमा गण्डकी प्रदेशबाट बहुमत जुटेको छ । गण्डकीका ११ जिल्ला, गण्डकी विश्वविद्यालय, पोखरा विश्वविद्यालय र प्राविधिक क्याम्पसमा भएको निर्वाचनबाट बहुमतले पक्षमा मतदान गरेका हुन् ।
कुल १ सय ६२ मत खसेकोमा उमेर हदको पक्षमा १ सय ३ मत परेको छ भने विपक्षमा ५८ जनाले मतदान गरेका छन् । १ मत बदर भएको अनेरास्ववियु गण्डकीका अध्यक्ष त्रिदीप गुरुङले जानकारी दिए ।
कास्की, मनाङ, मुस्ताङ, पोविवि, गवि र प्राविधिकमा ६८ मतमध्ये ५६ जनाले पक्ष र १२ जनाले विपक्षमा मतदान गरे । यस्तै, स्याङ्जाबाट पक्षमा २ र विपक्षमा २, तनहुँबाट पक्षमा ३ र विपक्षमा ४ मत परेको छ । लमजुङबाट पक्षमा ४ र विपक्षमा १२, पर्वतबाट पक्षमा २ र विपक्षमा ७, म्याग्दीबाट ९ वटै मत पक्षमा, बागलुङबाट ९ मत पक्ष र ९ मत विपक्षमा परेको छ ।
यता, नवलपुरबाट ११ मत पक्ष र ५ मत विपक्ष तथा गोरखाबाट ७ मत पक्ष र ७ मत विपक्षमा परेको गुरुङले जानकारी दिए । अखिल क्रान्तिकारीमा उमेर हदबारे मतभेद थियो । केन्द्रले नै मतदानबाट उमेर हदको टुंगो लगाउने निर्णय गरेपछि कास्कीमा मतदान भएको केन्द्रीय उपाध्यक्ष प्रविना अधिकारीले जानकारी दिइन् ।
अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि १५ पुसमा निर्वाचन हुनेछ । त्यसअघि उमेर हदमा विवाद भएपछि देशैभरीबाट निर्वाचन गरेर निर्णय गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा
-
विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर
-
पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो
-
मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा