बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

वैद्यको स्वास्थ्य अवस्थाबारे क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जानकारी

शनिबार, १३ पुस २०८१, २१ : ३९
शनिबार, १३ पुस २०८१

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टी महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवले शनिबार एक विज्ञप्ति जारी गर्दै वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।

महासचिव वैद्य केही दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहनुभएको जनाउँदै विज्ञप्तिमा उनको शीघ्र स्वास्थ्य लाभाको कामना समेत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप