आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : दीक्षान्तमा पदक पाउने छात्रा धेरै, ओलीलाई घनश्यामको सुझाव

शनिबार, १३ पुस २०८१, २२ : ००
शनिबार, १३ पुस २०८१

आज मिति २०८१ साल पुस महिनाको १३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौँ–

  • दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइएको बताए ।

  • सहकारी ठगी प्रकरण

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा रवि लामिछानेले बिहीबार र शुक्रबार गरेर २६ भन्दाबढी प्रश्नको सामना गरे । बयानका क्रममा उनले गोर्खा मिडियाको आर्थिक हिसाबकिताबको पूर्ण जिम्मेवार जीवी राई रहेको भन्दै अधिकांश असजिला प्रश्न जीबीतिरै पन्छाएका बुझिएको छ । 

  • श्याम बेनेगल

सन् १९७६ मा श्याम बेनेगलको फिल्म मन्थन रिलिज भएको थियो, जुन मूलतः सहकारी आन्दोलन र किसानको कथा थियो । फिल्मको प्रारम्भिक भागमा एउटा दृश्य छ जहाँ एक डाक्टर राव (गिरीश कर्नाड) गाउँमा घर-घर गएर दूध परीक्षण गर्छन्। ती मध्ये एक गाउँकी दलित महिला विन्दु (स्मिता पाटिल) को घर हो।

  • कपालमा चाया

गर्मीयामको तुलनामा जाडोयाममा कपालमा चायाको समस्या बढी देखिन्छ । यसो हुनुमा मौसम सुख्खा हुनु मुख्य कारण रहेको चिकित्सक बताउँछन् । जाडोयाममा हावामा आर्द्रता कम हुने तथा हिटर, गिजर, एसी, आगो लगायत प्रयोग गर्दा शरीरमा सुख्खापन बढ्छ । जाडोयाममा शरीरको जुन भाग वातावरणबाट बढी प्रभावित हुन्छ ती भाग बढी सुख्खा हुने गर्दछ । यसमा कुहिनाभन्दा तलाको भाग र घाँटीभन्दा माथिको भाग– जस्तै अनुहार र कपाल पर्दछ । 

  • अन्तर्वार्ता

एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाटै मुक्त गर्ने निर्णय गरेपछि पक्ष–विपक्षमा मत जाहेर भइरहेको छ । दुवै पक्षबाट आआफ्ना तर्कहरू आइरहेका छन् । एमालेको यस कदमले राजनीतिक वृत्तमा एकप्रकार तरङ्ग नै ल्याइदिएको छ । यो पार्टीले आफ्ना स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना जिम्मेवारीबाट मुक्त पनि गरेको छ । यीसहित समसामयिक राजनीतिक अवस्थाका विषयमा रातोपाटीकर्मी रोहित दाहालले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग कुराकानी गरेका छन् ।  

  • घनश्यामको सुझाव

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहौल शान्त हुने बताएका हुन् । 

  • विप्लवको आपत्ति

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चीन र भारतका अधिकारीहरूबिच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ । शनिवार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सो सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

  • मधेसवादी दल

जनता समाजवादी पार्टी नेपालले पहिचान पक्षधरसँग सहकार्य तथा एकताका लागि छलफल सुरु गरेको छ । त्यसका लागि सो पार्टीले पार्टीका उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अन्तर पार्टी समन्वय समिति नै गठन गरेको छ ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी विभिन्न पार्टीसँग सहकार्यका लागि दौडधुपमा लागेका छन् । उनले तराई मधेसका विभिन्न दलका अध्यक्षहरूलाई भेटेर सहकार्य तथा मोर्चाबन्दीका लाग आग्रह गरिरहेका छन् ।

  • घुमघाम

 जाडो मौसम लागे सँगै तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ।

पोखराको सहरी भिडभाड र कोलाहलबाट अलिक टाढा छ  बेगनास ताल । निकै भिडभाड हुने फेवाताल भन्दा केही किलोमिटर पर रहेको याे ताल पनि पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्दै आएको छ । 

 तालको सहरको रूपमा परिचित पोखराको अस्तित्व यसको मुटुमा रहेको फेवातालसँग रहेको छ । पर्यटकीय राजधानीको रूपमा समेत परिचित रहेको पोखरा पुग्ने जो कोहीलाई पनि फेवाताल नपुगेमा आफ्नो भ्रमण अधुरो र अपुरो रहेको भान हुन्छ । 

  • रातोपाटी शनिबार विशेष

शनिबारका लागि रातोपाटीका विशेष सामग्री :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप