डडेल्धुरामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न सहजीकरण गरिँदै
अमरगढी । जिल्लाका सातवटै स्थानीय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले स्थानीय तहको सहकार्यमा शिक्षकलाई नयाँ पाठ्यक्रम र पाठ्य सामग्रीबारे अभिमुखीकरण गराइरहेको हो ।
कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका शिक्षकलाई सहजीकरण कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक गोपालदत्त पाण्डेले जानकारी दिए । कार्यक्रममा नयाँ पाठ्यक्रमको उद्देश्य, संरचना र शिक्षण विधिबारे विस्तृत जानकारी प्रदान गरिएको उनले बताए ।
सहजीकरणले शिक्षकलाई नयाँ पाठ्य सामग्रीको प्रयोग र कक्षाकोठामा व्यवहारिक शिक्षण प्रविधिको उपयोग गर्न सिकाउने लक्ष्य राखेको छ । उनका अनुसार नयाँ पाठ्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान र जीवन उपयोगी सीप विकास गर्न प्रेरित गर्नेछ ।
सहजीकरण कार्यक्रम जिल्लाको सातवटै पालिकामा चरणबद्ध रूपमा सञ्चालन भइरहेको बताउँदै पाण्डले यसअघि परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए ।
आइतबार भागेश्वर गाउँपालिका, १५ गते गन्यापधुरा र १६ गते अमरगढी नगरपालिका, १८ र १९ गते क्रमशः नवदुर्गा र अजयमेरु गाउँपालिकामा सहजीकरण कार्यक्रम सञ्चालन गरिने प्राविधिक उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा सुरु भयो ड्रागन बोट रेस
-
जिम्बाबेको भूमिमा जब अफगानिस्तानका रहमत शाह र हसमतुल्लाहले दिन भर ब्याटिङ गरिरहे !
-
लाजिम्पाट घटनामा मनाङेका स्वकीय सचिवको ‘कनेक्सन’
-
१२ वर्षपछि गैरआवासीय नेपालीको हातबाट ‘खोसियो’ एनआरएन इन्फास्ट्रक्चर
-
के हो दक्षिण कोरियाली विमान दुर्घटनाको कारण ?
-
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी