अखिल क्रान्तिकारीमा ३२ वर्षे हदम्याद तोक्न कास्कीबाट दुईतिहाई समर्थन
शनिबार, १३ पुस २०८१, १९ : ११

पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)मा नेतृत्वका लागि ३२ वर्षे हदम्याद तोक्ने पक्षमा कास्कीले दुई तिहाइले समर्थन जनाएका छन् । अनेरास्ववियु कास्कीले शनिबार मतदान गरेर हदम्यादको छिनोफानो लगाएको हो ।
उमेर हद सम्बन्धी भएको निर्वाचनमा खसेको ६८ मत मध्ये ५६ जना पक्षमा उभिएका छन् । बाँकी १२ जनाले उमेर हद तोक्न नहुनेमा मतदान गरे । अखिल क्रान्तिकारीमा उमेर हदबारे मतभेद थियो । केन्द्रले नै मतदानबाट उमेर हदको टुङ्गो लगाउने निर्णय गरेपछि कास्कीमा मतदान भएको केन्द्रीय उपाध्यक्ष प्रविना अधिकारीले जानकारी दिइन् ।
अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि पुस १५ गते निर्वाचन हुनेछ । त्यसअघि उमेर हदमा विवाद भएपछि देशैभरबाट निर्वाचन गरेर निर्णय गरिएको हो ।