सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा

शनिबार, १३ पुस २०८१, १९ : ०९
शनिबार, १३ पुस २०८१

काठमाडौँ । क्लिनिक वानले काठमाडौँ मण्डिखटारमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ। बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शनिवार आयोजित औपचारिक कार्यक्रमका बिच रिबन काटेर क्लिनिक,ल्याबको उद्घाटन गर्दै सोही अवसरमा सञ्चालन गरिने नि:शुल्क स्वास्थ्य शिविर शुभारम्भ समेत गरेका हुन्। 

यसअघि ललितपुरको जावलाखेल र भक्तपुरको ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको क्लिक वानको यो काठमाडौँ जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो। उद्घाटनको अवसर पारेर शनिबारदेखि नै पाँच दिनसम्म नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। 

डाक्टर परामर्श, ईसीजी, युरिक एसिड, सुगर, कोल्स्टोल जाँच नि:शुल्क तथा भिडियो एक्स-रेमा ५० प्रतिशत, ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप