पाल्पा तानसेनका महिलाले सुरु गरे साप्ताहिक सडक मेला (तस्बिरहरू)
![पाल्पा तानसेनका महिलाले सुरु गरे साप्ताहिक सडक मेला (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/palpa-sadak-mela-(13)_pHAm6oqvY9.jpg)
- मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा महिलाद्वारा साप्ताहिक सडक मेला सुरु भएको छ । मेला हरेक साताको शुक्रबार दिउँसो १ बजेदेखि आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।
तानसेन नगरपालिका वडा नम्बर ४ र मखनटोल टोल विकास संस्थाको आयोजना तथा सिटिज फोर वमेन (युनोप्स) को सहजीकरणमा टोल विकास संस्थाका महिलाकै अगुवाईमा सञ्चालन भएको हो । महिलाले उत्पादन गरेका सामाग्री, खानाका परिकार, लघु तथा घरेलु उद्यमका सामग्रीहरू मेलामा प्रदर्शनी हुने टोल विकास संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले बताइन् ।
महिलामैत्री सहर बनाउने अवधारणा अनुसार तानसेनको व्यस्त मखनटोलमा साप्ताहिक सडक मेला सुरु गरिएको तानसेन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले बताए ।
सडक मेलाको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र युनोप्सका कन्ट्री डाइरेक्टर कोमल कार्कीले उद्घाटन गरेका थिए । युनोप्सका सल्लाहकार सूर्य आचार्यले समाजका लागि गरिने विकासलाई दिगो बनाउन र जन चाहना अनुसार नै विकास गर्ने योजना अनुसार युनोप्सले काम गर्ने बताए । नगरपालिकाको ३० प्रतिशत र युनोप्सको ७० प्रतिशत लगानीमा महिलामैत्री पार्क निर्माणको काम अघि बढेको छ ।
साप्ताहिक सडक मेलामा स्थानीय खानाका परिकारहरूका २० देखि २४ स्टल सहभागी भई आफ्ना उत्पादनका साथै खानाका परिकारहरू प्रदर्शनी तथा बिक्री बितरण गरिने तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
महिला नेतृत्वको बजार, संयुक्त अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ वडा नम्बर ४ संग मिलेर मखनटोल टोल विकास संस्थाले महोत्सवको आयोजना गरेको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले जानकारी दिइन् ।
सडक मेलामा स्थानीय खानाका परिकारहरू बटुक, सेल, कोदोको सेल, नेवारी बारा, मिसमास, योमरी, झिनियाँ, चुकाउनी, छोयला, नेवारी रोटीका परिकार लगायत स्थानीय खानाका स्टलहरू रहेको थियो । महिला उद्यमीले तयार पारेका खानाका परिकारका साथै कोदोको पिठो, बेसार, हस्तकलाका सामग्रीसमेत राखिएको महिला उद्यमी ज्योति राजभण्डारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने