आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

स्युचाटार क्रिकेट लिग : किंग्स र ग्रेट हिमालय क्रिकेट एकेडेमीको लगातार जित

शनिबार, १३ पुस २०८१, १८ : ०९
शनिबार, १३ पुस २०८१

काठमाडौँ । तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टी-टेन प्रतियोगिताको दोस्रो दिनको खेलहरू सम्पन्न भएका छन्। आज सम्पन्न सातवटा खेलहरूमा नवज्योति यूथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन्। 

 आजको पहिलो खेलमा समूह 'ए' अन्तर्गत नवज्योति यूथ परिवारले दोस्रो जित दर्ता गर्ने क्रममा हसनटार यूथ क्लबलाई २६ रनले पराजित गर्‍यो। ९१ रनको लक्ष्य पछ्याएको हसनटारलेले १० ओभरमा ६४ रनमा सबै विकेट गुमाउन पुग्यो विज्ञान गौतमले चार विकेट लिए । 

 आजको दोस्रो खेलमा समूह 'डी' अन्तर्गत ग्रेट हिमालयन क्रिकेट एकेडेमीले थानकोट वारियर्सलाई २० रनले पराजित गर्‍यो। ५९ रनको लक्ष्य पछाएको थानकोटले ३८ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका क्रिस कार्कीले दुई विकेट लिनुको साथै १५ रन पनि बनाए।

 आजको तेस्रो खेलमा समूह 'डी' अन्तर्गत सानो स्वर्ग नेपालले पञ्चायन यूथ क्लबलाई दुई विकेटले पराजित गर्‍यो। ७३ रनको लक्ष्य पछाएको पञ्चायनले अन्तिम बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित धीरजले तीन विकेट लिनुको साथै २५ रन पनि बनाए।

 आजको चौथो खेलमा समूह 'सी' अन्तर्गत बिडिएसले कालिका वारियर्सलाई ३९ रनले पराजित गर्‍यो। ७८ रनको लक्ष्य पछ्याउने क्रममा कालिकाले ३८ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित रवि शाहले ३१ रन बनाए। 

 आजको पाँचौँ खेलमा समूह 'डी' अन्तर्गत ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सानो स्वर्ग नेपाललाई ७२ रनले पराजित गर्‍यो। ९२ रनको लक्ष्य पछाएको सानो स्वर्गले १९ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित सक्षम बस्ताकोटीले ३७ रन बनाए।

 आजको छैटौं खेलमा समूह 'ए' अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टरले ( सीइसी) ले नवज्योति युवा क्लबलाई सात विकेटले पराजित गर्‍यो। ४१ रनको लक्ष्य पाएको क्रिकेट एक्सिलेन्स सेन्टरले ४.२ ओभरमा विकेट नगुमाई लक्ष्य पुरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित अभिनाश बस्यालले ३ विकेट लिए।

 आजको सातौं खेलमा समूह 'बी' अन्तर्गत किङ्स क्रिकेट एकेडेमीले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा टिम रेन्सुलाई १० रनले पराजित गर्‍यो। ६२ रनको लक्ष्य पछाएको रेन्सुले ५१ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित प्रसिद्ध श्रेष्ठले १३ रन बनाउनुको साथै एक विकेट पनि लिए। जित पछि किंग्सले समूह 'बी' क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। 

 प्रतियोगिता अन्तर्गत आइतबार तेस्रो दिन लिग चरणका ७ वटा खेल हुनेछन्। 

 लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप