आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन सक्दैन : मुख्यमन्त्री लामा

शनिबार, १३ पुस २०८१, १८ : ०२
शनिबार, १३ पुस २०८१

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन नसक्ने बताएका छन् । शनिबार चितवनको भरतपुरमा चितवन उद्योग संघको ३३ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै लामाले सरकारले गरेका ठुला–ठुला पूर्वाधार विकासको कुनै चर्चा नहुने सानातिना कामको बढी प्रशंसा हुने गरेको जिकिर गरेका हुन् ।

मुख्यमन्त्री लामाले सरकारले उद्योगी व्यवसायी किसानलाई दिइएको अनुदानको उचित ठाउँमा लगानी नभएको उल्लेख गरे । साना-साना कामको लागि पनि सरकारको मुख ताक्नु गलत भएको बताउँदै उनले सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप