एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाटै मुक्त गर्ने निर्णय गरेपछि पक्ष–विपक्षमा मत जाहेर भइरहेको छ । दुवै पक्षबाट आआफ्ना तर्कहरू आइरहेका छन् । एमालेको यस कदमले राजनीतिक वृत्तमा एकप्रकार तरङ्ग नै ल्याइदिएको छ । यो पार्टीले आफ्ना स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना जिम्मेवारीबाट मुक्त पनि गरेको छ । यीसहित समसामयिक राजनीतिक अवस्थाका विषयमा रातोपाटीकर्मी रोहित दाहालले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग कुराकानी गरेका छन् ।
पार्टीले गरेको संस्थागत निर्णय जे भएको छ मेरो पनि निर्णय त्यही हो । छुट्टै धारणा केही छैन । पार्टीभित्रको आन्तरिक संस्थागत प्रक्रियाबाट टुंगिएको कुरा हो । सचिवालयका सबै साथीहरूले लामो समय खुलमखुला छलफल गरेर टुंगोमा पुर्याएको हो । त्यसकारण यसमा छुट्टै कसैको के थियो भन्ने कुरै होइन ।
त्यो गलत कुरा हो । नोट अफ डिसेन्ट नलेखेको मात्र होइन, त्यस्तो कुरो छलफलमा पनि आएन ।
कतिलाई तथ्य थाहा हुँदैन । विवरण थाहा हुँदैन । पृष्ठभूमि थाहा हुँदैन । प्रक्रिया थाहा हुँदैन । के–के चलेको छ ? थाहा हुँदैन । त्यो थाहा नभएको बेलामा मानिसहरूको जिज्ञासा हुन्छ । त्यो अलग कुरा हो । कुरा यत्ति हो, सर्वसम्मत निर्णय भएको हो ।
स्पष्टीकरण सोधियो । स्पष्टीकरणमा पनि त्यो रियलाइजेसन पनि आएन । र, यो हाम्रो आन्तरिक व्यवस्थापनको आन्तरिक कुरा पनि हो । घरभित्रको कुरा पनि हो । घरभित्रको कुरा कसरी कसले ह्यान्डिल गर्यो ? यसमा मानिसहरूलाई चाहिनेभन्दा बढी चासो किन हुने ?
हैन, हैन । आवाज कसरी आउने ? छलफलका सिलसिलामा त अनेक ढंगबाट कुरा उठेका हुन्छन् नि ! कतिलाई तथ्य थाहा हुँदैन ।
मैले नै भीम रावलजीसँग भेटेर गरेको कुरा अरूलाई थाहा थिएन । प्रदीप ज्ञवाली, विष्णु पौडेलले भेटेको कुरा मलाई थाहा थिएन । ती सबै कुरा आउने भए नि !
भेटें नि !
तपाईंले यी–यी कुराका बारेमा करेक्सन गर्नुस् भनेँ । स्पष्टीकरणको जवाफ दिनुस् भनेँ । तर, स्पष्टीकरण दिनुभएन । साँच्चै भन्दा उहाँ आफैँ पार्टीमा रहन चाहनुभएन ।
केपी ओलीसँग प्रतिस्पर्धा गरेर कारबाही भयो भन्ने कसैले बुझ्छ भने त्यो शतप्रतिशत गलत हो ।
उहाँले पार्टीका संस्थागत निर्णयलाई बोक्नुभएन ।
तमाम चिज छन् नि ! हिजो सांसद हुँदा पनि के–के भयो ? तपाईंहरूले देख्नुभएकै छ । हुनुहुन्छ संसदीय दलको सदस्य अर्कोतिर गएर बस्नुभयो । स्पष्टीकरणको जवाफ दिनुहुन्न । समस्या थुप्रै भए । अब फेहरिस्ततिर नजाऔँ ।
कसलाई के लाग्छ त्योअनुसार बोल्न पाउने भयो नि ! म अतिरिक्त बन्देज लगाउने गरी बोल्न चाहन्नँ ।
ठीक हुँदैन कि ! त्यस्तो होइन । उहाँहरूले जसरी सार्वजनिक गर्नुभयो । योचाहिँ एमालेको नेतृत्वले कार्यकर्ता र मतदातालाई अपमान गरेको छ, आदि–इत्यादि भनेर । एउटा जेहाद छेड्नेजस्तो कुरा भयो । यो शोभनीय भएन ।
कुरा आफ्नो ठाउँमा पनि भन्ने । कुरा उठाउँदा त कुराको त तरिका हुन्छ नि ! यो के कार्यकर्ता र मतदातालाई अपमान गरेको हो र ? त्यसरी भन्नु उचित हुँदैन । त्यति मात्र होइन । स्पष्टीकरण सोधियो । स्पष्टीकरणमा पनि त्यो रियलाइजेसन पनि आएन । र, यो हाम्रो आन्तरिक व्यवस्थापनको आन्तरिक कुरा पनि हो । घरभित्रको कुरा पनि हो । घरभित्रको कुरा कसरी कसले ह्यान्डिल गर्यो ? यसमा मानिसहरूलाई चाहिनेभन्दा बढी चासो किन हुने ?
पब्लिक प्रोपर्टी हो कि ! तर, हाम्रा आन्तरिक बिजिनेसहरू, आन्तरिक कामहरू, गतिविधिहरू, आन्तरिक व्यवस्थापनका कुराहरू आन्तरिक नै हुन्छन् ।
सचिवालयमा घण्टौं छलफल भएर । सचिवालयले औपचारिक निर्णय गरेर त्यो चिज भएको छ ।
बाढीले पार्टी कार्यालय अस्तव्यस्त भयो । हाम्रो बिजोग भयो । त्यस्तो बेला मलाई उहाँले नै फोन गरेर बाढीले ध्वस्त बनाएका कम्युटर, कार्पेट, फर्निचर सबै म मिलाइदिन्छु भन्नुभयो ।
भूकम्पपछि पार्टी कार्यालय खोज्ने, व्यवस्थापन गर्ने जिम्मा मलाई दिइएको थियो । मेरो नेतृत्वमा एउटा टिम थियो । त्यो बेला अन्तै व्यवस्थापन भयो । सकियो । फिनिस । अब घर बनाउने जिम्मा दिएको थियो भन्ने त्यस्तो होइन ।
बाढीले पार्टी कार्यालय अस्तव्यस्त भयो । हाम्रो बिजोग भयो । त्यस्तो बेला मलाई उहाँले नै फोन गरेर बाढीले ध्वस्त बनाएका कम्युटर, कार्पेट, फर्निचर सबै म मिलाइदिन्छु भन्नुभयो । मैले त यो भाडामा छ भनेँ । भाडामा भन्ने पनि उहाँलाई थाहा रहेनछ । ए ! भाडामा हो भन्नुभयो । त्यसपछि पार्टी महासचिव र आर्थिक विभाग प्रमुख विष्णु रिमाललाई जानकारी गराएँ । त्यसपछि उहाँको सम्पर्क उहाँहरूसँगै भयो । द्याट्स अल । त्यसपछि मलाई केही जानकारी छैन । पछि सचिवालयबाट औपचारिक निर्णय भयो ।
म कहाँ थिएँ भन्ने मलाई थाहा छ । तपाईंहरूले फूलजडी लगाउनै पर्दैन । हामीले नै शिल्यान्यास कसरी गर्ने भन्ने पार्टीगत ढंगले निर्णय गरेको हो । शिलान्यासको टेक्स्ट के लेख्ने ? के–के भाषा राख्ने ? कसरी गर्ने भनेर । दान गर्ने व्यक्ति पनि उपस्थित हुन्छन् । पार्टी प्रमुखको हिसाबले अध्यक्ष पनि उपस्थित हुनुहुन्छ भनियो ।
बल्खुमा कार्यालय बनाउँदा जग्गा कसैले दान दिएको होइन । पार्टीले नै किनेको हो । विभिन्नले गच्छेअनुसार पैसा सहयोग गरेका हुन् । अहिले कसैले जग्गा दियो होला ?
जुन ढंगको दानी चरित्र उहाँको छ । हामीलाई संकट परेको बेला त्यत्रो सहयोग गर्नुभयो । ठीक छ नि त आउनुस् भनेको हो । त्यहाँ लैजानै नहुने कुरा हुन्छ ? जसले दान गर्यो त्यो त्यहाँ ऊ उपस्थित हुँदा के बिग्रियो ?
कुन बेला कुन कुरा उठ्छ ? त्यो कुरा त्यही बेला हुने हो । विभिन्नले कमजोरी गरेका होलान् । बदमासी गरेका होलान् । त्यो कुरा उठेपछि, बाहिर आएपछि आउँछ । आउँछ नै । कुन विषयचाहिँ कुन बेला आउँछ त्यहीअनुसार हुन्छ ।
कुरा त्यस्तो मात्र पनि होइन । पार्टीको संस्थागत कुराहरूको खिलाफमा कसैले कुरा गर्यो भने त्यो कुराचाहिँ उठ्छ । यसमा अन्यथा लिनै पर्दैन ।
कारबाही गर्ने कुरा हुँदैन । कतिपय साथीहरूलाई ठीक ढंगले कम्युनिकेसन नभएको हुन सक्छ । तथ्यहरू, विवरणहरू थाहा नभएको हुन सक्छ ।
सरकारले केही गरेन भन्ने त दृष्टिमा फुलो परेकाले भन्छन् ।
उहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ ? उहाँहरूमै भर पर्छ । जस्तोः निलम्बनमै पर्नुभएको साथीहरू । के भो र निलम्बनै हो । त्यो एउटा कारबाहीको स्टेज हो । त्यसलाई रियलाइज गर्नासाथ आउनुहुन्छ । भीमजीकै कुरा पनि । उहाँ एमालेमै हुर्केर आएको मान्छे । करेक्सन गर्दै आउनुहुन्छ भने मोस्ट वेलकम ।
त्यो त महासचिवलाई नै सोध्नुस् । त्यो मलाई सबै थाहा भएन ।
सरकारले केही गरेन भन्ने त दृष्टिमा फुलो परेकाले भन्छन् ।
जुन डिटोरिएट भइरहेको थियो त्यसलाई रोक्ने कोसिस भएको छ । भनेअनुसार भएको छैन । तर, कोसिस भएको छ । सकारात्मक दिशातर्फ लैजाने कोसिस भएको छ ।
अहिले यति भन्छु, गर्ने कोसिस गर्दै छ ।
गर्न सक्ने हुति छैन समितिको अनि प्रधानमन्त्रीले दिनुभएन भन्ने ?
नन इस्यूलाई इस्यू बनाइएको हो ।
यसपटक हामीले ऋणको कुरा गरेको होइन एक । अर्को बीआरआई सम्बन्धमा हामीले परियोजनाको कन्सेप्ट पास गरेको हो । भोलि परियोजना विशेष त्यसलाई हामीले इन्टरटेन गर्दा अनुदानमा मात्र लिने कि ऋण पनि सहुलियतमा लिन सकिन्छ कि ! त्यो केसवाइज छलफल गरिने विषय हो । अहिले त बीआरआईको समग्र कन्सेप्टसँग सम्बन्धित कुरामा हाम्रो समर्थन हो । हाम्रो जस्तो देशले अनुदानको नाममा आएका सबै ठाउँका सबै कुरा अनुदान भन्नेबित्तिकै लिन मिल्छ कि मिल्दैन ? लिनुहुँदैन कतिपय कुरा ।
कसले बोलायो पहिला भन्ने कुराको के सरोकार ? मूल कुरो दुई मुलुकको आवश्यकताले कुन मुलुकको भ्रमण गर्ने भन्ने आवश्यकताले निर्धारित हुने हो ।
१ प्रतिक्रिया