२४ करोड ८९ लाख रुपैयाँ बराबरको कुरमुरे र चिजबल आयात
शनिबार, १३ पुस २०८१, १७ : ०५
![२४ करोड ८९ लाख रुपैयाँ बराबरको कुरमुरे र चिजबल आयात](https://npcdn.ratopati.com/media/news/bhansar-bivag-costum_oQW1Ln1Dm3.jpg)
काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा २४ करोड ८९ लाख रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको छ । साउनदेखि मंसिर मसान्तसम्म २४ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको ४८८१३३ किलो कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको भन्सार विभागले जनाएको छ ।
जसमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएको छ । भारतबाट २० करोड १२ लाख ५० हजार रुपैयाँको चिजबल, कुरकुरे, लेज आयात भएको छ ।
यस्तै ३ करोड २२ लाख १४ हजार रुपैयाँको मलेशियाबाट, ६४ लाख ८३ हजार रुपैयाँको दक्षिण कोरिया बाट,२६ लाख ७० हजार रुपैयाँको चीन बाट र ६२ लाख ८० हजार भियतनाम लगायत अन्य देश आयात भएको छ ।
उक्त कुरकुरे, चिबल आयात हुँदा १५ करोड ५९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित फर्ममा फर्किँदा भारतलाई शृङ्खला
-
कर्णालीमा स्थानीय सेवा ऐन विवाद : संशोधनको माग गर्दै कर्मचारी आन्दोलनमा, पालिकाको काम ठप्प
-
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
-
गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
-
सोमबार कुन राशिका लागि शुभ ?
-
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै