जसपा नेपाल प्रचार विभागको पदाधिकारी चयन
शनिबार, १३ पुस २०८१, १५ : ३३

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले केन्द्रीय पदाधिकारी चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको विभागको बैठकले दुई जना पदाधिकारी चयन गर्दै विभागलाई पूर्णतः दिएको छ ।
जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा पूर्णबहादुर बस्नेत प्रमुख रहेको उक्त बैठकले उपप्रमुखमा शम्भु झा, सचिवमा देवबहादुर दुरालाई मनोनयन गरेको छ ।
गत जेष्ठमा जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशन पछि प्रथम पटक बसेको प्रचार विभागको बैठकले प्रदेश, जिल्ला र पालिका स्तरमा प्रचार विभाग गठन गरी देशब्यापी रुपमा त्यसलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा