आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह : जसले पदक पाए

शनिबार, १३ पुस २०८१, १५ : १८
शनिबार, १३ पुस २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पदकबाट पुरस्कृत भएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन शंकायका एमफील तहका हिरा श्रेष्ठले पाएका छन् । उनले ३.९५ सीजीपीए ल्याएका छन् ।

त्यस्तै श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्ले पाएकी छन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।

अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले पाएका छन् । उनले ३.९५ सीजीपीए ल्याएका छन् । मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाएकी छन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।

सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाएकी छन् । उनले ३.९० सीजीपीए ल्याएकी छिन् । नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाएकी छन् । रात्नराज्य लक्ष्मी क्याम्पसमा पढेकी उनले ३.८८ सीजीपीए ल्याएकी छिन् । बल्खुले सार्वजनिक गरेको सूचनामा डा.मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाएकी छन् ।

शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले पाएका छन् । उनले ३.८२ सीजीपीए ल्याएका छन् । डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले पाएका छन् । उनले ३.८१ सीजीपीए ल्याएका छन् ।

tu gold medalist (3)

इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले पाएकी छिन् । उनले ३.८० सीजीपीए ल्याएकी छिन् । नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाएकी छन् । उनले ३.६८ सीजीपीए ल्याएकी छिन् ।

तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाएकी छिन् । उनले ३.६७ सीजीपीए ल्याएकी छिन् । खगेन्द्रमान सिं प्रधान पदक एमए अर्थशास्त्र विषयमा पनि उनले नै पाएको परीक्षा नियन्त्रण कार्यालयको सूचनामा उल्लेख छ । चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि श्रीज्याले नै पाएकी छिन् । तीन पदक पाएकी उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी हुन् ।

सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले पाएकी छन् । उनले ३.४५ सीजीपीए ल्याएकी छिन् । भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएकी छन् । उनले ३.९९ सीजीपीए ल्याएकी छन् । सत्य माँ स्मृति स्वर्ण पदक बीबीएका आकृति झाले नै पाएकी छन् । 

tu gold medalist (1)

लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले पाउने भएका छन् । ल क्याम्पसमा पढेका उनले ३.७१ सीजीपीए ल्याएका छन् ।

शिवराज पन्त स्मृति पुरस्कार सिभिल इन्जिनियरिङका स्नातक तह बीई सिभिलका शाशिष थापाले पाएका छन् । उनले ८४.२१ प्रतिशत ल्याएका छन् । छत्र बहादुर पदक बीबीएसका समिता डंगोलले पाएकी छिन् । उनले ८०.७० प्रतिशत ल्याएकी छिन् । सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट सङ्गीता प्रजापतिले पाएकी छन् । उनले ७५.१५ प्रतिशत ल्याएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप