आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय
फोटोफिचर

जालपादेवी केबुलकारको शिलान्यासमा थारु कलाकारको नृत्य, तस्बिरहरू

शनिबार, १३ पुस २०८१, १४ : ४०
शनिबार, १३ पुस २०८१

कैलाली । कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ । केबलकार निर्माणका लागि एक हजार आठ सय बढी रुख कटान भइसकेको छ भने २० बिघा जग्गा पनि जालपादेवी केबुलकारको नाममा आइसकेको बताइएको छ ।

आइएमई ग्रुपले प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रूपमा रहेको कर्णाली चिसापानीमा पनि केबलकार निर्माण सुरु गर्न लागेको जनाइएको छ।

पाँच अर्बको लगानीमा निर्माण हुन लागेको यस केबलकारको कूल लम्बाइ ३।१ किलोमिटरको हुनेछ। केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ । केबलकार दैनिक ६ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ।

कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ।

शिलान्यास कार्यक्रमको अवसरमा कैलालीका स्थानीय थारु जातिका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । 
हेरौँ तस्बिर :

tharu-kalakar (1)tharu-kalakar (2)tharu-kalakar (3)tharu-kalakar (4)tharu-kalakar (5)tharu-kalakar (6)tharu-kalakar (7)tharu-kalakar (8)tharu-kalakar (9)tharu-kalakar (10)tharu-kalakar (11)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप