मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

मकवानपुरमा कुटपिटबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु

शनिबार, १३ पुस २०८१, १४ : ००
शनिबार, १३ पुस २०८१

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका–१० स्थित न्हुलगाउँमा कुटपिटबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ५३ वर्षीय हिराकाजी गोपालीको काठमाडौँको मित्रपार्कस्थित दिर्घायु अस्पतालमा मृत्यु भएको हो । 

पुस ८ मा राति घर नजिकै आगो तापिरहेको अवस्थामा जयराम गोपाीलीले उनलाई ढुंगा र चिर्पट प्रहार गरेका हुन् । हत्यामा संलग्न जयराम गोपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले रातोपाटीलाई बताए । 

हिराकाजीको शुक्रवार मध्यान्ह मृत्यु भएको हो । आरोपीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गरिरहेको थियो । पीडितको मृत्युभएसँगै सो मुद्दा ज्यानसम्बन्धी कसुरमा रुपान्तरण गरिने डीएसपी अर्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप