अग्रजले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा लाग्नुपर्छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं कांग्रेस नेता पिएल सिंहको १३ औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धान्जली सभामा देउवाले अग्रज नेताहरुले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरा कामहरुलाई अघि बढाउन उनीहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रीत हुनुपर्ने बताएका हुन् ।
सभापति देउवाले स्वर्गीयपिएल सिंहले जनताको सेवाका लागि गर्नुभएका कामहरुको स्मरण गरे । पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उनले पिएल सिंहले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राखे ।
त्यस्तै अन्य कांग्रेस नेताहरुले पिएल सिंहको योगदानको स्मरण गरेका थिए । समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुष १ गते निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
-
केवल दुई टेस्ट खेलका १९ वर्षीय ब्याट्सम्यान क्रिकेट अस्ट्रेलियाको केन्द्रीय सम्झौतामा
-
निसानले नयाँ सेभेन-सिटर बि-एमपिभि सार्वजनिक गर्ने
-
माग्ने बुढाको कटाक्ष : पहिले पञ्चायत विरोधी गीत अहिले गणतन्त्र विरोधी भयो
-
पार्टी एकताको प्रयास जारी राख्ने नेकपा निर्णय
-
सभामुख घिमिरे र रास्वपा सभापति लामिछानेबिचको छलफल जारी