पूर्वाधारसँग संस्कृति र सभ्यताको विकास पनि अनिवार्य छ : मुख्यमन्त्री कँडेल
शनिबार, १३ पुस २०८१, १२ : २७

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले भौतिक पुर्वाधार मात्र नभएर सम्भ्यता र संस्कृतिको विकास पनि अपरिहार्य रहेको बताएका छन्।
शनिबार वीरेन्द्रनगरमा आयोजित 'सुर्खेतको इतिवृत्त–२' पुस्तक विमोचन कार्यक्रममा बोल्दै कँडेलले सम्भ्यता र संस्कृतिको विकासबिना पूर्वाधारको विकासले मात्र समाज रुपान्तरण सम्भव नभएको बताए ।
कँडेलले समाज रुपान्तरणको लागि सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहने पनि बताए । 'अहिले सबै काम जनप्रतिनिधिहरुले मात्र गर्नुपर्छ भन्ने भनाइ छ,' उनले भने, 'त्यो गलत हो, विकास र रुपान्तरणको लागि सबैको भूमिका उत्तिकै हुन्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड