भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्त्येष्टि आज

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको आज अन्त्येष्टि गरिने भएको छ । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि प्रधानमन्त्री निवासबाट कांग्रेस मुख्यालय ल्याइएको छ ।
डा. सिंहकी पत्नी गुरशरण कौर र छोरी दमन सिंहले कांग्रेस मुख्यालयमा उनलाई श्रद्धाञ्जली अर्पण गरे। राहुल गान्धी, सोनिया र प्रियंका बाहेक अन्य कांग्रेस नेताहरूले मनमोहनलाई अन्तिम श्रद्धाञ्जली दिए। त्यसपछि शव निगमबोध घाटमा लगिने छ जहाँ उनको अन्तिम संस्कार गरिने छ ।
भारतीय समयअनुसार ११:३५ बजे मा अन्तिम संस्कार हुनेछ। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह पनि अन्तिम संस्कारमा सहभागी हुनेछन् ।
निगमबोध घाटमा सिंहको अन्त्येष्टिमा कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ । केसी वेणुगोपालले भने– सरकारले पूर्वप्रधानमन्त्रीको स्मारक बनाउन जग्गासमेत पाउन सकेको छैन । यो देशको पहिलो सिख प्रधानमन्त्रीको अपमान हो।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहलाई मनमोहन सिंहको अन्तिम संस्कार गरिएको ठाउँमा स्मारक निर्माण गर्न माग गरेका थिए। तर, गृह मन्त्रालयले स्मृतिस्थलको टुङ्गो लाग्न अझै केही दिन लाग्ने बताएको छ ।
डा मनमोहन सिंहको बिहीबार राति निधन भएको हो । उनी ९२ वर्षका थिए । उनी लामो समयदेखि बिरामी थिए ।
घरमै बेहोस भएपछि उनलाई स्थानीय समयअनुसार राति ८ः०६ बजे दिल्ली एम्समा ल्याइएको थियो । अस्पतालको बुलेटिनका अनुसार राति ९ः५१ बजे उनले अन्तिम श्वास लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति