नयाँ उचाइमा स्मिथ, रोहितको बिजोग
शनिबार, १३ पुस २०८१, ०९ : ५२
१
मेलबर्न । अस्ट्रेलिया र भारतबिचको बोर्डर–गावस्कर ट्रफी अन्तरगत चौथो टेस्ट मेलबर्नमा जारी रहेको छ । टेस्टमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ७४ रनको विशाल योगफल तयार गरेको छ । भारत यति बेला उक्त स्कोरलाई पछ्याउने प्रयास गरिरहेको छ ।
अस्ट्रेलियाका लागि पूर्वकप्तान स्टिभ स्मिथले शतकीय पारी खेले । उनले १९७ बलमा १४० रन बनाए । उता, भारतीय कप्तान रोहित शर्मा भने पुनः फ्लप साबित भए । यसपटक ओपनिङ गर्न आएका उनी ५ बलमा ३ रन बनाउँदै पभेलियन फर्किन बाध्य भए । यहाँ टेस्टको तथ्याङ्कलाई प्रस्तुत गरिएको छ:
- १० – बोर्डर–गावस्कर ट्रफीमा स्टिभ स्मिथले बनाएको शतकको सङ्ख्या । यो कुनै पनि ब्याटरले बनाएको सबैभन्दा धेरै शतक हो । उनले सचिन तेन्दुल्कर र विराट कोहलीलाई पनि उछिनेका छन् ।
- ११ – भारतविरुद्ध स्मिथको शतकको सङ्ख्या । कुनै पनि खेलाडीले भारतविरुद्ध बनाएको सबैभन्दा धेरै शतक हो । उनले यस मामिलामा १० शतक बनाएका इंग्ल्याण्डका जो रुटलाई पनि उछिनेका छन् ।
- २०१ – ३४ औँ शतक बनाउन स्मिथलाई लागेको इनिङ्सको सङ्ख्या । उनीभन्दा अघि सचिन तेन्दुल्कर (१९२ इनिङ्स) र रिकी पोन्टिङ (१९३ इनिङ्स) ले मात्र योभन्दा चाँडो ३४ शतक बनाएका छन् ।
- ९९ – अस्ट्रेलियाको पहिलो इनिङ्समा भारतका जसप्रित बुमराहको बलिङमा बनेको रनको संख्या । कुनै पनि टेस्ट इनिङ्समा बुमराहले खर्चेको सबैभन्दा धेरै रन हो । बुमराहले ८४ वटा इनिङ्समा १ सयभन्दा बढी रन खर्चेका छैनन् । यो आफैमा एउटा कीर्तिमान हो ।
- ११.०७ – सन् २०२४–२५ सिजनमा रोहित शर्माको टेस्ट क्रिकेटमा ब्याटिङ औसत । कुनै पनि सिजनमा कम्तीमा १० इनिङ्स खेलेपछि शीर्ष ६ ब्याटरमध्ये उनको औसत सबैभन्दा कम हो । यसअघि सन् १९४७–४८ मा चन्दु सर्वतेको औसत १०.०० रहेको थियो ।
- ४ – शृङ्खलाको चार टेस्टको पहिलो इनिङ्समा बुमराहले ४ विकेट लिएको अवसर । सन् २००५ को एसेजमा शेन वार्नपछि कुनै पनि बलर यो उपलब्धि हासिल गरेको यो पहिलो अवसर हो ।
ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीलाई एमालेको अध्यक्ष पद छोड्न सुझावदेखि लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति विप्लवको आपत्तिसम्म
-
बैतडीको लगनमा पहिलोपटक बिजुली पुग्यो
-
काठमाडौँ महानगर : फोहोर वर्गीकरणको योजना कार्यन्वयनमा
-
‘ग्रामीण क्षेत्रमा विकासले गति लिन थालेको छ’
-
आइतबारदेखि मौसम सुधार हुने