सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
शनिबार, १३ पुस २०८१, ०९ : ४५

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । अस्पतालका अनुसार हृदयाघातका कारण शुक्रबार राति उनको निधन भएको हो ।
हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो ।उनको शव अहिले अस्पतालमै रहेको छ। उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए ।
२२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए । पछि उनी राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएका थिए।
नेपालको न्यायिक इतिहास भाग १ लेखेका वस्ती पछिल्लो समय दोस्रो भाग लेखनीमा व्यस्त थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा