शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विनोदलाई छाड्नुका कारण मलाई पनि थाहा छैन : नम्रता

मङ्गलबार, २७ असार २०७४, ११ : ३१
मङ्गलबार, २७ असार २०७४


काठमाडौं – वास्तविक जीवनकथामा आधारित चलचित्र ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सम्पन्न गरेको छ । सोच नै सबै समस्याको जड भएको भन्दै चलचित्रले नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘सिग्नेचर मुभी थिंक पोजेटिभ ग्लोबल’ अभियान गरेको हो । 


एक दिने अभियानका क्रममा रक्तदान, विद्यार्थीलाई परामर्श, कन्डम वितरण र स्वास्थ्य जाँच आदि गरिएको थियो । सोही अवसरमा चलचित्रको प्रदर्शन समेत गरियो । 


जीवनमा अहिलेसम्म चुरोटसमेत सेवन नगरेका विनोद पौडेलले सुटिङका लागि चुरोट सेवन गुर्नपर्दा गाह्रो भएको अनुभव सुनाए । ‘चलचित्रमा मेरो भूमिका दुव्र्यसनीको छ’ उनले भने । झन्डै तीन महिनाको अध्ययन र सिकाइबाट आफू दुव्र्यसनीको चरित्रका लागि तयार भएको उनले बताए । 


विनोदकी प्रेमीकाका रूपमा अभिनेत्री नम्रता सापकोटाले अभिनय गरेकी छिन् । उनको पनि यो पहिलो चलचित्र हो । चलचित्रमा उनले विनोदलाई छोड्ने र अर्कोसँग विवाह गर्ने सन्दर्भ छ । छलफलका क्रममा नम्रताले विनोदलाई छाड्नुका कारण आफूलाई पनि थाहा नभएको बताइन् । ‘नढाँटी भन्नु पर्दा यसकोे कारण मलाई पनि थाहा छैन । मेरै मनमा पनि योे प्रश्न नाचिरहेको छ,’ नम्रताले भनिन् ।


निर्देशक तथा निर्माता सागर उद्गमले हल नभएका स्थानमा पनि चलचित्र देखाइने बताए । ‘हाम्रो उद्देश्य हल नभएका ठाउँमा लगेर फिल्म देखाएर सचेतना जगाउने हो,’ निर्देशक उद्गमले भने ।


चलचित्रमा विनोद, नम्रता र सन्दीपसँगै जीवनसाथी बस्नेत, निर्णय श्रेष्ठ, जेबी डिसी, सरिता गिरी, प्रज्ञा जोशीलगायतको अभिनय छ । 


प्रकाश सुवेदी र सागर उद्गमको लगानी रहेको फिल्ममा पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको छायाङ्कन, निशान घिमिरेको सम्पादन तथा रंग समायोजन, अच्युत सिटौलाको गीत, संगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश साहको मिक्सिङ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप