जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक बस्दै
_PDO3Au3loH.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
पार्टीले विभागहरूलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशील बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमाभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरेबमोजम गठित विभागहरूको बैठक चलिरहेको बस्नेतले बताएका छन् ।
जसपा नेपालले पुस ८ गतेदेखि पुस २४ गतेसम्म गठन भएका विभागहरूको बैठक पालैपालो बस्ने गरी बोलाएको छ । गठन भएपछिको अधिकांश विभागको पहिलो पटकको बैठक भएको हुनाले बैठकबाट सम्बन्धित विभागले आवश्यक पदाधिकारी चयन गर्ने गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा