शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

अजरबैजान एयरको प्लेन रुसले खसालेको आरोप

शनिबार, १३ पुस २०८१, ०४ : ५४
शनिबार, १३ पुस २०८१

काठमाडौं । कजाकिस्तानमा दुर्घटना भएको अजरबैजान एयरलाइन्सको विमान रुसले खसालेको हुनसक्ने आरोप अमेरिकाले लगाएको छ । अमेरिकाले रुसी समाचार एजेन्सी तासले पोष्ट गरेका भिडियो क्लिपको विश्लेषण गर्दै विमान रुसले खसालेको हुनसक्ने आरोप लगाएको हो । 

रुसी समााचार एजेन्सी तासले पोस्ट गरेको एक भिडियो क्लिपमा रासावियात्सियाका प्रमुख दिमित्री याद्रोवले जुन गन्तव्य (ग्रोजनी)तर्फ विमान गइरहेको थियो त्यहाँ हवाई र ड्रोन आक्रमण भइरहेको थियो । जसका कारण कयौँ विमानहरु फर्काइएको थियो’ भनेका छन् । 

यस्तै, अजर बैजानका परिवहनमन्त्रीले दुर्घटनाग्रस्त विमान ‘बाहिरी हस्तक्षेप’को सिकार भएको जनाउँदै विमान भित्र र बाहिर दुबैतिर क्षतिग्रस्त भेटिएको बताएका छन्, जतिबेला उक्त विमान रुसको दक्षिणी गणराज्य चेचन्यामा अवतरण गर्नै लागेको थियो । 

विमान दुर्घटनाबाट बचेका अधिकांश यात्रुले हवाईजहाज ग्रोजनीको आकाशमा पुग्दैगर्दा आफुहरुले तीन वाट विष्फोटको आवाज सुनेको बताएको बयान परिवहनमन्त्री राशद नबियेवले दिएका छन् । 

कतिपयले क्यास्पियन सागर पार गरेर कजाकिस्तान पुग्नेवित्तिकै विमान रुसी वायु रक्षा प्रणालीको गोलाबारी चपेटामा पर्न गएको बताएका छन् । विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो भने २९ जनाको जिवितै उद्धार गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप