प्रिमियर लिग : आर्सनल दोस्रो स्थानमा उक्लियो, ब्राइटन र ब्रेन्टफोर्डले अंक बाँडे
शनिबार, १३ पुस २०८१, ०४ : ०६

काठमाडौं । आर्सनल इंग्लिश प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा इप्सविच टाउनलाई १–० ले हराएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
आर्सनललाई विजयी गराउन काई हार्वट्जले गरेको गोल नै निर्णायक बन्यो । यो सँगै आर्सनलको १८ खेलबाट ३६ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल भने ४२ अंकसहित शीर्ष स्थानमा छ भने बिहीबार राती १८औ पालीको खेल गुमाएको चेल्सी ३५ अंकसहित तेस्रो स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत शुक्रबार राती नै भएको अर्को खेलमा ब्राइटन र बे्रन्टफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । ब्रेन्टफोर्डले १४औं मिनेटमा गरेको गोललाई भिएआरले मान्यता नदिएपछि खेल गोलरहित बराबरी भएको हो । अंक तालिकामा यी दुबै टोली १० औं र ११ औं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार