विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
हेटौंडा। नेपाल विद्युत् प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरको सामान हराएको पाइएको छ । हेटौंडाको जिन्सी व्यवस्थापन शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेख अनुसारको सामान नभेटिएको पाइएको हो ।
सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले यसमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस समेत गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौंडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण हराएपछि प्राधिकरणले केन्द्रीयस्तरमा छानबिन समिति बनाएको थियो ।
समितिले सात करोड रुपैयाँ बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले बताए । छानविन समितिले तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीमाथि कारबाही प्रकृया अघि बढाएको महाशाखा प्रमुख झाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडियोकर्मी भण्डारीलाई ‘गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान’
-
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित
-
‘जनै हराएको बाहुन’को छायांकन चैतमा
-
साइराजको गीतमा अञ्जना र सुरेन्द्रको प्रेम वियोग
-
‘तमसोमा ज्योतिर्गमय’ नै देवी सरस्वतीको अर्चना
-
अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरू पर्याप्त छैन : अर्थमन्त्री