आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो

शुक्रबार, १२ पुस २०८१, २२ : ५९
शुक्रबार, १२ पुस २०८१

लस एन्जलस ।  नासाको ‘पार्कर सोलार प्रोब’ले मङ्गलबार सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम गरेको छ ।

यो अन्तरिक्ष यान मङ्गलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल (लगभग ६.१ मिलियन किलोमिटर) भित्र जाने अपेक्षा गरिएको छ, जुन अघिल्लो मिसनभन्दा सात गुणा नजिक छ ।

सन् २०१८ मा यसको प्रक्षेपण भएदेखि पार्कर २१ सौर्य उडानको क्रममा क्रमशः सूर्यको नजिक सरेको छ ।

यसले पृथ्वीमा जीवन र प्रविधिलाई असर गर्ने अन्तरिक्ष वातावरणमा हुने परिवर्तनहरूको भविष्यवाणी गर्न पनि महत्त्वपूर्ण योगदान दिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप