६० जिल्लामा रास्वपाको भेला सम्पन्न, केन्द्रीय समितिको विस्तारित बैठक आह्वान

काठमाडौँ । महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६० जिल्लामा भेला सम्पन्न गरेको छ ।
पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार बसेको सचिवालय बैठकमा उक्त विषय जानकारी गराएका हुन् ।
‘कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गर्नुभयो‚’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।
यस्तै बैठकले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९, २० र २१ गते बस्ने निर्णय गरेको पनि उनले बताए ।
यसैगरी रास्वापाले केन्द्रीय संगठन विभागमा तीन जनालाई थप गरेको छ ।
जसमा लम्जुङका धर्म केसी, रुपन्देही गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन् ।
यस्तै बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई मनोनीत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा